२२ चैत्र, काठमाडाैँ । सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए । अरु काम
२२ चैत्र, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ । लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा छ । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माणसँगै फोहर व्यवस्थापनका
२२ चैत्र, तनहुँ । नेकपा एमालेका नेता सर्वेन्द्र खनालले आफ्नो उम्मेदवारीमा विकास र सेवाबाहेक अरू स्वार्थ नभएको बताएका छन् । तनहुँ - १ बाट उम्मेदवारी दिएका खनालले बुधबार प्रेस चौतारी तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उक्त कार्यक्रममा उनले भने, 'यही ठाउँले जन्माएको छोरो हुँ, यही माटोको कसम
२२ चैत्र, कैलाली । कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्छन् । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ । गहुँ खेतीमा जिरो टिलेज प्रविधि प्रयोग गरिएकाले यसपालि रु पाँच हजार मात्र खर्च हुनाका साथै मेहनत कम र काम
२२ चैत, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि परेका ४ मध्ये युवराज पौडेल 'सफल'को उजुरी नलाग्ने भएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुन: नागरिकता प्राप्ति गरेको भन्दै पौडेलले दिएको उजुरी मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको
२२ चैत्र, बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गरेका छन् । विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ मा ३७ र वडा नं ८ मा रहेको ८१ बिगाहा जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ ।
२२ चैत्र, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो । केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद उपचार सेवा केन्द्रमार्फत ५०
२२ चैत्र, दाङ । दाङमा एसइई दिँदै गरेकी छात्रा शिक्षकबाटै बलात्कृत भएकी छिन् । एक शिक्षकले एसइई दिँदै गरेकी छात्रामाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको हो । ङ शान्तिनगर गाउँपालिका– ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइई दिइरहेकी विद्यार्थीमाथि करणी भएको भन्दै उजुरी परेको हो
२२ चैत्र, बागलुङ । बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो । बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा
२२ चैत्र, भक्तपुर । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष