Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

२५ करोड १ लाख ६० हजार रुपैयाँ बोकेर रसुवातर्फ जाँदै थिए कुसाङ


काठमाडौँ। राजश्व छली गरी विभिन्न देशका मुद्राहरु अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार चैत्र ४ गते राति ११ बजे काठमाडौंका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना.७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिव २५ करोड रुपैयाँ बरामद गरेको हो । अमेरिकी डलर, युरो लगायतको मुद्राहरु रहेको प्रहरीले बताएको छ । मंगलवार पत्रकार सम्मेलन थरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले बताएका छन् । गाडी विशेष सुराकीको आधारमा रसुवातर्फ जाँदै गरेका बेलामा नियन्त्रणमा लिइएको बताए।

पक्राउ पर्नेमा ट्रकका चालक जिल्ला सिन्चधुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर १ का फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाई छिपाई ल्याएको अमेरिकी डलर र युरो भेटिएको प्रहरीले बताएको छ ।

बरामद रकममा अमेरिकी डलर १ सय दरका नोटहरु ३ हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरु १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, ४८०, युरो सय दरका थान ४ हजार १४८, युरो ५० दरका थान १७ हजार १७७ र मोबाइल २ थान बरामद भएको बताउनु भयो ।

४३ वर्षका लामा पहिला पनि एक पटक पक्राउ परी जेल चलान भइसकेको व्यक्ति हुन्  ।


प्रकाशित मिति: ५ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?