
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका छन् । सोमबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका हुन् ।
जनताले नै चाहेको अवस्थामा कसैको केही नलाग्ने कोइरालाले स्पष्ट पारे । ‘जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ’ उनले भने ‘जनताले नै चाहेको खण्डमा हामी के गर्न सक्छौँ ?’ डा कोइरालाले तर, यो १० वर्षको अवधिमा बागमतीमा धेरै पानी बगिसेकाले तत्कालै राजतन्त्र फर्किहाल्छ भन्ने आफूलाई नलागेको स्पष्ट पारे ।
प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार