Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

जग्गा किन्दै हुनुहुन्छ? ध्यान दिनुस यी महत्वपूर्ण १० कुरा


हामीले आफ्नो घर बनाउन होस् अथवा लगानी वा कारोबार गर्न नै किन नहोस्, बिभिन्न प्रयोजनका निम्ति जग्गा किन्छौँ । जग्गा भनेको अरु सामान जस्तो किनिराख्ने पनि होईन । आफ्नो जिवनको अमूल्य कमाई जग्गामा लगानी गरिराख्दा पक्कै पनि हामी जग्गा किनिसके पछि झै-झमेला नहोस्, मुद्धा मामिला नहोस् भन्ने नै चाहंछौ । त्यसैले हामीले खरिद गर्नु भन्दा अगाडि बिभिन्न कुराहरु जग्गा किन्दा ध्यान दिनुपर्ने हुन्छ ।

पढ्नुहोस् १० महत्वपूर्ण कुराहरु जुन जग्गा किन्दा ध्यान दिनुपर्ने हुन्छ :
१. सर्बप्रथम जग्गा बिक्री गर्ने वास्तबिक व्यत्ति बुझेर सो कित्ता जग्गा निजको हक भोगमा छ छैन प्रष्ट हुनुपर्छ । जग्गा धनिलाई थाहै नभई अन्य कुनै व्यक्तिले जग्गा बिक्रि गरेको वा गर्न खोजिएको कतिपय घटना हामीले सुन्दै आईरहेका छौँ । त्यसैले यो कुरामा सतर्क रहनुहोल।

२. उक्त कित्ताको मोठ श्रेस्त, फोटो र तीन पुस्ते ठिक भए नभएको एकिन गर्नुपर्छ ।

३. सो जग्गा कुनै अड्डा अदालत वा अन्य कुनै कार्यालयमा रोक्का वा झगडा भए नभए बारे आफू प्रष्ट हुनपर्छ ।

४. जग्गा र नक्सामा प्रष्टरुपमा बाटो छ छैन राम्ररी बुझ्नुपर्छ ।

५. जग्गामा गरेको हकभोगको आकार प्रकार मिल्छ मिल्दैन एकिन गर्नुपर्छ ।

६. जग्गा रैकर वा गुठी के हो , प्रस्ट हुनपर्छ ।

७. उक्त जग्गमा मोही भए नभएको फिल्डमा हेरी प्रष्ट हुनपर्छ ।

८. लालपुर्जा, जमिन र नक्साको क्षेत्रफल मिल्छ कि मिल्दैन एकिन गर्नु पर्छ ।

९. उक्त कित्ताको चारै तर्फको सिमानामा विवाद भए नभएको जग्गामा नै गई साँध सँधियार संग नै बुझ्नुपर्छ ।

१०. अन्तिममा, नक्सा बमोजिमको जग्गामा चारै तर्फ सिमाना एकिन गर्न रेखाङ्कन गराउनु पर्छ ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?