Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

जग्गा किन्दै हुनुहुन्छ? ध्यान दिनुस यी महत्वपूर्ण १० कुरा


हामीले आफ्नो घर बनाउन होस् अथवा लगानी वा कारोबार गर्न नै किन नहोस्, बिभिन्न प्रयोजनका निम्ति जग्गा किन्छौँ । जग्गा भनेको अरु सामान जस्तो किनिराख्ने पनि होईन । आफ्नो जिवनको अमूल्य कमाई जग्गामा लगानी गरिराख्दा पक्कै पनि हामी जग्गा किनिसके पछि झै-झमेला नहोस्, मुद्धा मामिला नहोस् भन्ने नै चाहंछौ । त्यसैले हामीले खरिद गर्नु भन्दा अगाडि बिभिन्न कुराहरु जग्गा किन्दा ध्यान दिनुपर्ने हुन्छ ।

पढ्नुहोस् १० महत्वपूर्ण कुराहरु जुन जग्गा किन्दा ध्यान दिनुपर्ने हुन्छ :
१. सर्बप्रथम जग्गा बिक्री गर्ने वास्तबिक व्यत्ति बुझेर सो कित्ता जग्गा निजको हक भोगमा छ छैन प्रष्ट हुनुपर्छ । जग्गा धनिलाई थाहै नभई अन्य कुनै व्यक्तिले जग्गा बिक्रि गरेको वा गर्न खोजिएको कतिपय घटना हामीले सुन्दै आईरहेका छौँ । त्यसैले यो कुरामा सतर्क रहनुहोल।

२. उक्त कित्ताको मोठ श्रेस्त, फोटो र तीन पुस्ते ठिक भए नभएको एकिन गर्नुपर्छ ।

३. सो जग्गा कुनै अड्डा अदालत वा अन्य कुनै कार्यालयमा रोक्का वा झगडा भए नभए बारे आफू प्रष्ट हुनपर्छ ।

४. जग्गा र नक्सामा प्रष्टरुपमा बाटो छ छैन राम्ररी बुझ्नुपर्छ ।

५. जग्गामा गरेको हकभोगको आकार प्रकार मिल्छ मिल्दैन एकिन गर्नुपर्छ ।

६. जग्गा रैकर वा गुठी के हो , प्रस्ट हुनपर्छ ।

७. उक्त जग्गमा मोही भए नभएको फिल्डमा हेरी प्रष्ट हुनपर्छ ।

८. लालपुर्जा, जमिन र नक्साको क्षेत्रफल मिल्छ कि मिल्दैन एकिन गर्नु पर्छ ।

९. उक्त कित्ताको चारै तर्फको सिमानामा विवाद भए नभएको जग्गामा नै गई साँध सँधियार संग नै बुझ्नुपर्छ ।

१०. अन्तिममा, नक्सा बमोजिमको जग्गामा चारै तर्फ सिमाना एकिन गर्न रेखाङ्कन गराउनु पर्छ ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?