Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

चैत्र १५ः अब निर्णायक समय !


‘अब निर्णायक समय आउँदै छ, तयार रहौँं’ भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्। उनले लेखेका छन्, ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं। यही चैत्र १५ गते देखाउनु छ देश बेचुवाहरूलाई राष्ट्रभक्तिको शक्ति। सम्पूर्ण बैंक, सहकारी, लघुवित्त पीडित, सहकारीमा बचत डुबेका पीडित बचतकर्ता, आफ्नै देशमा व्यवसाय गरौँ भन्दा बैंकको कालोसूचीमा पर्न बाध्य नेपाली व्यवसायी, विदेश जाउँ भन्दा दलालको फन्दामा परि ठगिएका युवाहरू, पाखुरा बजाउँछु देशमै भन्ने सोच राख्दा काम नपाएका बेरोजगार युवाहरू, यो व्यवस्थाले बेहाल अवस्थामा पर्न बाध्य सबै जुटौँ।’साथै, प्रसाईंले काठमाडौं, ललितपुर र भक्तपुरका अभियन्ताहरूलाई उपत्यका नछोड्न र देशभरका अभियन्ता, राष्ट्रभक्त नागरिक, राजसंस्था चाहने राजनीतिक दलहरूलाई काठमाडौं केन्द्रित आन्दोलनका लागि तयार रहन अनुरोध गरेका छन्। ‘१५ गतेको लागि तयार रहनुहोला, लड्नु छ देश बेचुवा मारवाडीका गोठालाहरूसँग, बचाउनु छ हाम्रो गौरवपूर्ण देशलाई।’


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?