Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

चैत्र १५ः अब निर्णायक समय !


‘अब निर्णायक समय आउँदै छ, तयार रहौँं’ भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्। उनले लेखेका छन्, ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं। यही चैत्र १५ गते देखाउनु छ देश बेचुवाहरूलाई राष्ट्रभक्तिको शक्ति। सम्पूर्ण बैंक, सहकारी, लघुवित्त पीडित, सहकारीमा बचत डुबेका पीडित बचतकर्ता, आफ्नै देशमा व्यवसाय गरौँ भन्दा बैंकको कालोसूचीमा पर्न बाध्य नेपाली व्यवसायी, विदेश जाउँ भन्दा दलालको फन्दामा परि ठगिएका युवाहरू, पाखुरा बजाउँछु देशमै भन्ने सोच राख्दा काम नपाएका बेरोजगार युवाहरू, यो व्यवस्थाले बेहाल अवस्थामा पर्न बाध्य सबै जुटौँ।’साथै, प्रसाईंले काठमाडौं, ललितपुर र भक्तपुरका अभियन्ताहरूलाई उपत्यका नछोड्न र देशभरका अभियन्ता, राष्ट्रभक्त नागरिक, राजसंस्था चाहने राजनीतिक दलहरूलाई काठमाडौं केन्द्रित आन्दोलनका लागि तयार रहन अनुरोध गरेका छन्। ‘१५ गतेको लागि तयार रहनुहोला, लड्नु छ देश बेचुवा मारवाडीका गोठालाहरूसँग, बचाउनु छ हाम्रो गौरवपूर्ण देशलाई।’


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?