Trending
>>   कतिपयले अझैपनि संघीयतालाई स्वीकार गर्न सकेका छैनन्: सभापति देउवा >>   वंशगत शासनको बहस आफैँमा हाँस्यास्पद, हानिकारक र निरर्थकः एमाले >>   प्रचण्डको आरोपः विगतका राजा/महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरे >>   आज मिति २०८१ साल चैत्र ०५ गते मंगलबार,हेर्नुहोस् आजको राशिफल >>   १७ पटक हारेका राष्ट्रपति हुन पाउने देशमा छ पटक बढी लोकसेवा दिन नपाउने यो कस्तो… >>   जग्गा किन्दै हुनुहुन्छ? ध्यान दिनुस यी महत्वपूर्ण १० कुरा >>   प्रहरी महानिरिक्षकमा दीपक थापा ! >>   गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रचण्डकाे प्रस्ताव पछाडिकाे रहस्य? >>   प्रहरीले चलाएको गोली युवकको मलद्वारमा ! >>   चैत्र १५ः अब निर्णायक समय !
Logo
५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

सम्झौताअनुसार सेवा सुविधा नदिने मेनपावर कम्पनीहरुलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यनाकर्षण


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिहरु ठगिएको, समस्या परेको र दुतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको भन्दै यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले युएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरुले सम्झौताअनुसार पारिश्रमिक, विदा र औषधि उपचार उल्लेख गर्नुभयो । मेनपावर कम्पनीहरुले श्रमिकहरुलाई भनेअनुसारको सेवा सुविधा नदिने र गुनासो गर्दा धम्क्याउने गरेको समेत बताउनु भयो । उहाँले मुलुक रेमिट्यान्सले चलिरहेको अवस्थामा श्रमिकहरुलाई सम्झौताअनुसारको सेवा सुविधा दिलाउन र श्रमिकलाई दुःख दिने मेनपावर कम्पनीहरुलाई कानूनी दायरामा ल्याउन समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्सले टेको दिएको विदितै छ । तर उनीहरुको पीडा भने हामीले बुझ्न सकेका छैनौं । दैनिक जसो मेरो सचिवालयमा ठगिएको, समस्या परेको र दुतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको छ । हालै युएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरुले सम्झौताअनुसार पारिश्रमिक, विदा र औषधि उपचार नपाएको गुनासो हामीमाझ गर्नुभएको छ । यता मेनपावरले मोटो रकम असुल्ने र भनेजस्तो काम नदिएको गर्दा श्रमिकहरुलाई थर्काउने र धम्क्याउने गरेको उनीहरु बताउँछन् । त्यसैले नेपाली श्रमिकहरुको अवस्था बुझेर सम्झौताअनुसारकै सेवा सुविधा दिलाउन र श्रमिकलाई दुःख दिने मेन पावर कम्पनीहरुलाई कानूनी दायरामा ल्याउन श्रम मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’उहाँले वर्षातको समय नजिकिएकाले बाढीको जोखिम भएका नदिहरुमा तटबन्धको व्यवस्था गर्न समेत माग गर्नुभयो ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?