Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न पक्राउ


काठमाडौं।  हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका विकाश, मोटे, अर्जुन भन्ने ४१ वर्षीय बुद्धिमान तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका-१९ लगनखेलबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा तामाङको योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मी मुसिकोट नगरपालिका-७ न्वारास्थित गंगा नामको होटल संचालन गरी बस्ने बाग्लुङ बडिगाड गाउँपालिका-३ सिसाखानी घर भएकी ५८ वर्षीया गंगा भन्ने गोपाल कुमारी शेरचनको हत्या गरी गरगहना र नगद लुटपाट भएको खुल्न आएको छ ।

यसैगरी,काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-९ फस्कोटमा बिक्रम तामाङको श्रीमती बेली तामाङलाई २०७९ कात्तिक २७ गते राति धारिलो हतियार प्रहार गरी नगद तथा गहना डाँका गरेको, काभ्रेपलान्चोक पनौती नगरपालिका-५ चौकोटस्थित ग्रिन हिल नेवा खाजा तथा खाना घरका संचालक धर्म गोपाल श्रेष्ठलाई २०८१ साउन ३१ गते राति धारिलो हतियार देखाई नगद ४० हजार लुटपाट गरेको, काभ्रेपलान्चोक बनेपा नगरपालिका-३ टनचोक डाँडा बस्ने ३२ वर्षीय लोप्चन लामाको घरमा २०८१ माघ ४ गते राति धारिलो हतियार देखाई मोवाइल ३ थान, नगद, गरगहना र धनमाल लुटपाट गरेको तथा काभ्रेपलान्चोक बनेपा नगरपालिका-४ रेडक्रस टोल बस्ने ३० वर्षीय सुकान्त बम्जनको घरमा २०८१ माघ १३ गते राति धारिलो हतियार देखाइ सुनको गरगहना, नगद एवम् धनमाल लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

तामाङलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाइएको छ ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?