Trending
>>   कतिपयले अझैपनि संघीयतालाई स्वीकार गर्न सकेका छैनन्: सभापति देउवा >>   वंशगत शासनको बहस आफैँमा हाँस्यास्पद, हानिकारक र निरर्थकः एमाले >>   प्रचण्डको आरोपः विगतका राजा/महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरे >>   आज मिति २०८१ साल चैत्र ०५ गते मंगलबार,हेर्नुहोस् आजको राशिफल >>   १७ पटक हारेका राष्ट्रपति हुन पाउने देशमा छ पटक बढी लोकसेवा दिन नपाउने यो कस्तो… >>   जग्गा किन्दै हुनुहुन्छ? ध्यान दिनुस यी महत्वपूर्ण १० कुरा >>   प्रहरी महानिरिक्षकमा दीपक थापा ! >>   गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रचण्डकाे प्रस्ताव पछाडिकाे रहस्य? >>   प्रहरीले चलाएको गोली युवकको मलद्वारमा ! >>   चैत्र १५ः अब निर्णायक समय !
Logo
५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

मौसम : देशका विभिन्न स्थानमा मेघगर्जन / चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौँ। हाल लुम्बिनी प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन /चट्याङ्गसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै अपरान्हको समयमा कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?