Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

किन जलाउन थालियाे प्रचण्डको फाेटाे?


काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा नेकपा (माअ‍ोवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्विर जलाइएको छ । हेटौंडा उपमहानगरपालिकामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा सदस्य सचिव निराजन बमले प्रचण्डको तस्विर जलाएका हुन् ।

प्रचण्डको तस्विर जलाइएको सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह पनि सहभागी थिए । कार्यक्रमका फोटोहरु सामाजिक सञ्जालमा शेयर गर्दै बमले भनेका छन्, ‘प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र हाम्रो राजालाई अनावश्यक रुपमा आरोपप्रत्यारोप लगाएर वातावरण प्रदुषण गर्न खोजेकोले आज मञ्चबाटै प्रचण्डलाई १७ हजार मान्छे मारेको बिर्सिनु भएको छैन होलानी भनेर सन्देश दिइएको छु। मूर्ति चोर हुम्लाका लामालाई मन्त्री र माननीय बनाएको बिर्सिनुभयो ।’

प्रचण्डले हिजो सिन्धुपाल्चोकमा आयोजित पार्टीको एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई वंश नास गर्ने ‘भाइमारा’, मूर्तिचोर र सुन तस्करीका नाइकेको संज्ञा दिएका थिए । प्रचण्डको सो अभिव्यक्तिलाई लिएर राप्रपाका नेता तथा कार्यकर्ताहरुले विरोध गरिरहेका छन् ।


प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?