Trending
>>   इटाली र चीनबीच सांस्कृतिक आदानप्रदान >>   रूसमा रेल पटरीबाट खस्दा ७ जनाको मृत्यु >>   रुसी हवाई क्षेत्रमा युक्रेनको ड्रोन आक्रमण >>   इजरायली आक्रमणबाट ३१ जनाको मृत्यु >>   सार्वजनिक यातायात बन्दसँगै नागरिकको दैनिक जनजीवन प्रभावित >>   रसको प्रशिक्षणमा अभ्यस्त हुन थाल्यौं किरण चेम्जोङ >>   आज मिति २०८२ साल जेठ १९ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौंः प्रधानमन्त्री >>   नेता/कार्यकर्तालाई प्रचण्डको निर्देशनः इँटको जवाफ पत्थरले दिनूस्, केही परे हामी छौँ >>   यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

पूर्वविशिष्टहरुलाई सुरक्षाबाहेक कुनै पनि सुविधा नदिनेगरी कानुन बनाउनुपर्छः महामन्त्री थापा


 काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व विशिष्टहरुलाई सुरक्षाबाहेक कुनै पनि सुविधा नदिनेगरी कानुन बनाउन आवश्यक रहेको बताएका छन् । आज (शनिबार) इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतको आदेशबमोजिम त्यससम्बन्धि कानुन बनाउन बाँकी रहेको बताए । उनले अब पूर्वविशिष्टहरुको सन्दर्भमा कानुन बनाउँदा सुरक्षाबाहेक अन्य सुविधा केही पनि नदिने सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘कानुन बनाउँदै गर्दा सेवा सुविधा दिने कानुन होइन, नदिने कानुन बनाउनुपर्छ । पूर्वराजालाई म सुरक्षा दिन्छु, पूर्वराष्ट्रपतिलाई म सुरक्षा दिन्छु । किनकी सुरक्षा चाहिन्छ, राज्यको जिम्मेवारी हो । तर, सुरक्षाबाहेक म केही पनि दिन्नँ । मैलेमात्र होईन, कुनै पनि प्रधानमन्त्रीलाई लहड चलेर दिन पाइँदैन भन्ने कानुन बनाउनुपर्यो,’– महामन्त्री थापाले भने ।महामन्त्री थापाले पूर्व विशिष्टहरुलाई सुविधा दिने गरी कानुन बनाउने विषय अहिले ल्याएर सरकारले नदुखेको टाउको दुखाएको उनको टिप्पणी छ ।

‘पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिने भनेर आयो । यो अहिलेको लागि कतै चाहिने विषय हो त ? कहीँ कतैबाट नदुखेको कपाल डोरी लगाएर दुखाएको जस्तो,’– उनले भने ।सरकारले पूर्व विशिष्टलाई आजीवन सुविधा दिनेगरी विधेयक ल्याउन लागेको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ । पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र राष्ट्रियसभा पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने व्यवस्था विधेयकमा गरिएको छ ।


प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?