Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२५ कार्तिक २०८३, बुधबार
२५ कार्तिक २०८३, बुधबार

रूसमा रेल पटरीबाट खस्दा ७ जनाको मृत्यु


काठमाडौँ। रूसको ब्रायन्स्क ओब्लास्टमा भएको पुल विस्फोटमा ३ सय ८८ जना सवार यात्रुवाहक रेल पटरीबाट खस्दा सात जनाको मृत्यु भएको ब्रायन्स्कका गभर्नर अलेक्ज्याण्डर बोगोमाजले बताएका छन् । आईतवार समाचार च्यानल रोसिया २४ मा बोल्दै बोगोमाजले पुल रेल गुडिरहेको बेला विस्फोट भएको बताए ।

मस्को रेल्वेले रिपोर्ट गरेको छ कि क्लिमोभबाट मस्को जाँदै गरेको यात्रुवाहक रेल नम्बर ८६ को लोकोमोटिभ र धेरै डिब्बाहरू सडक पुलको स्प्यान भत्किँदा भ्यागोनिच्स्की जिल्लामा पटरीबाट खसेका थिए । रूसी अनुसन्धान समितिले पुल भत्किनुलाई आतंकवादी आक्रमणको रूपमा वर्गीकृत गरेको छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?