Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

प्रचण्डले विदेशीको इसारामा तत्कालीन सरकार सँग मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको ज्ञानेन्द्र शाहीको आरोप


ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशीको इसारामा र तत्कालीन सरकार सँग मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको आरोप लगाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्:
प्रचण्डजी २०५२सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईंले उठायो? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईं लाई भयो ?जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्यो तपाईले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट M16 , Ak 47 ,LMG,SmG , SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईँले लिनुभयो ? मोबाइल फोन नभएको समयमा स्याटालाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ? तपाईलाई। भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो तपाईँले मार्यो ? निहत्या नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो? तपाईंले गर्यो ।विदेशीको इशारामा मन्दिरका ,गुम्बाका पुजारी,लामालाई कसले घाँटी रेटयो? तपाईँले रेटयो । ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईंले गर्यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईंले गर्यो । सिधा भाषामा भन्दा बिदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौ।
तर यस्तै भट्किला झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस्।


प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?