Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

राष्ट्रिय महिला कबड्डीमा कर्णालीको दुई जित


काठमाडौँ। कर्णाली प्रदेशले राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २० औं संस्करणमा पहिलो दिन दुई जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा कर्णालीले गण्डकी र कोशी प्रदेशलाई हराएको हो । पहिलो खेलमा कर्णालीले गण्डकीलाई ५१–२६ स्कोरले हराएको थियो । उक्त खेलमा कर्णालीकी विनिता पण्डित प्लेअर अफ दी म्याच भइन् । दोस्रो खेलमा पनि कर्णालीले कोशीलाई ५९–२९ ले हरायो । उक्त खेलमा पनि विनिता नै प्लेअर अफ दी म्याच भइन् । विभागीय डर्बीमा त्रिभूवन आर्मी क्लवले नेपाल पुलिस क्लवलाई २७–२१ को साँघुरो अन्तरले हरायो । उक्त खेलमा गंगा घिमिरेले उत्कृष्ट प्रदर्शन गरिन् । दोस्रो खेलमा भने पुलिसले जित निकाल्यो ।

मानमति बिष्टको कप्तानीमा रहेको पुलिसले कोशीलाई ५८–२७ अंकले हरायो । यो खेलमा मानमती नै प्लेअर अफ दी म्याच घोषित भइन् । अर्को विभागीय टोली एपिएफले पनि विजयी सुरुआत गर्यो । एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ६५–२४ को फराकिलो जित निकालेको हो । अन्य खेलमा लुम्बिनीले मधेस प्रदेशलाई ४२–३२ अंक, सुदूरपश्चिमले वागमतीलाई ३३–२९ र वागमतीले लुम्बिनीलाई ४२–३४ अंकले हराए । १० टोली सहभागी प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको विजेताले दुई लाख,उपविजेताले एक लाख तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउने अखिल नेपाल कबड्डी संघले जनाएको छ ।


प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?