Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

विपिन जोशीको रिहाइकाे पहलका लागि इजिप्टका राष्ट्रपतिलाई प्रधानमन्त्रीको अनुरोध


काठमाडाैं । आज, नेपालका प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपति महामहिम अब्देल फताह अल सिसीसँग टेलिफोन संवाद गरेका छन्। यस संवादमा, प्रधानमन्त्रीले इजरायल-हमास युद्धविराम र युद्धका बन्दीहरूको रिहाइमा राष्ट्रपति अल सिसीको महत्वपूर्ण भूमिका र प्रयासहरूको प्रशंसा गरेका छन्।

प्रधानमन्त्रीले दोस्रो चरणको बन्दी रिहाइका क्रममा नेपाली विद्यार्थी विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न अनुरोध गरेका थिए। यसमा, राष्ट्रपति अल सिसीले सकारात्मक प्रतिक्रिया दिएका छन् र विपिन जोशीको रिहाइको लागि आफूले प्राथमिकता दिने आश्वासन दिनु भएको छ।यस टेलिफोन संवादले नेपाल र इजिप्ट बीचको द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

इजिप्टका राष्ट्रपति महामहिम अब्देल फताह अल सिसीसँग आज टेलिफोन संवाद भएको छ। इजरायल – हमास युद्धविराम र युद्धका बन्दीहरुको रिहाइका लागि उहाँले खेल्नु भएको भूमिकाका लागि धन्यवाद दिएँ। दोस्रो चरणको बन्दी रिहाइका क्रममा बन्दी रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न अनुरोध गरेको छु। महामहिम राष्ट्रपतिले त्यसमा आफूले प्राथमिकता दिने बताउनु भएको छ।


प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?