Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने


काठमाडौँ। निजी क्षेत्रबाट सञ्चालित दूरसंचार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रवन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गरेका छन् । उनले दक्षिण एशियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गर्दै आफूहरु नयाँ प्रविधिमा अभ्यस्त गर्न लागिएको बताए  ।

नेपाल आर्थिक पत्रकार समाजले आज राजधानीमा गरेको एक कार्यक्रममा उनले भने , ‘अगामी १२–३६ महिनामा स्पेक्ट्रम अनुकुलनको लागि टुजी र थ्रिजीको सेवा बन्द गर्न अपरेटरहरूलाई सहयोग गर्दैछौं । हामी २०२५ मा ३ जी बन्द गर्दैछौं र टु जी २०२७ मा बन्द हुन सक्छ,  ।’

उनले अहिले पनि ३.३ मिलियन टु जी ह्याण्डसेट रहेको बताउँदै नयाँ प्रविधिलाई अघि बढाउन ति सेटहरु बाधक रहेको बताएका छन् ।


प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?