Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने


काठमाडौँ। निजी क्षेत्रबाट सञ्चालित दूरसंचार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रवन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गरेका छन् । उनले दक्षिण एशियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गर्दै आफूहरु नयाँ प्रविधिमा अभ्यस्त गर्न लागिएको बताए  ।

नेपाल आर्थिक पत्रकार समाजले आज राजधानीमा गरेको एक कार्यक्रममा उनले भने , ‘अगामी १२–३६ महिनामा स्पेक्ट्रम अनुकुलनको लागि टुजी र थ्रिजीको सेवा बन्द गर्न अपरेटरहरूलाई सहयोग गर्दैछौं । हामी २०२५ मा ३ जी बन्द गर्दैछौं र टु जी २०२७ मा बन्द हुन सक्छ,  ।’

उनले अहिले पनि ३.३ मिलियन टु जी ह्याण्डसेट रहेको बताउँदै नयाँ प्रविधिलाई अघि बढाउन ति सेटहरु बाधक रहेको बताएका छन् ।


प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?