Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

गुणस्तरीय शिक्षाका लागि थप भुमिका खेल्छुः अध्यक्ष अधिकारी


काठमाडौँ। निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (प्याब्सन) को नयाँ कार्यसमिति सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

बुधवार काठमाडौंमा भएको १६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो कार्यकालमा प्याब्सनमा आवद्ध विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा गर्न थप भुमिका खेल्ने बताए । उनले नेपालका निजी विद्यालयहरुले दिएको गुणस्तरीय शिक्षाका बारेमा विश्वभर चर्चा हुने गरेको भन्दै यसलाई निरन्तरता दिन शिक्षाको विश्वव्यापीकरण गर्ने दाबी गरेका छन् । हालै सरकारले ल्याएको शिक्षा विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ । उनले कम्पनीअन्तर्गत रहेका निजी विद्यालयहरुलाई कम्पनीमै रहने र पुस्तान्तरण हुने व्यवस्था निरन्तरताका लागि आफूले पहल गर्ने बताएका छन्।

उनले भने , ‘हाम्रो पहिलो प्राथमिकता भनेको शिक्षा विधेयक नै हो । शिक्षा विधेयकमा हाम्रो विद्यालयहरु कम्पनीमा रहनु पर्छ । २०५८ सालमा हामी कम्पनीमा आएका हो । यो आजिवन कम्पनीमा रहनु पर्छ भन्ने हाम्रो पहिलो मुद्दा हो । दोस्रो मुद्दा शिक्षा र करिक्युलमका बारेमा छ, गुणस्तरका बारेमा छ । हामी गुणस्तरीय शिक्षा यो देशमा प्रदान गरी रहेका छौँ । र संसारभरी प्राइभेट स्कुलको एजुकेशनले गर्दा नेपालको शिक्षाको नाम संसारमा रहेको छ । यसलाई कन्टिन्युटी दिँदै ग्लोबलाइज गर्दै छौँ । तेस्रो मुद्दा भनेको चाहीँ प्याब्सनमा रहेका ५ हजार निजी विद्यालयहरुलाई एउटा असल विद्यालय बनाउने र त्यो भित्र क्वालिटी एजुकेशन दिने र प्याब्सनका विद्यार्थी, प्याब्सनका शिक्षक र अभिभावकहरुलाई एउटा राम्रो परिस्थितिमा लैजाने हाम्रो तेस्रो मुद्दा छ ।’

अध्यक्ष अधिकारीले प्याब्सनको सही कामले संस्थाको गरिमा बढेको दाबी गरेका छन् । प्याब्सनको सहअध्यक्षमा गोपाल आचार्य, वरिष्ठ उपाध्यक्षमा दिपिका रिमाल, उपाध्यक्षहरुमा आशिष श्रेष्ठ, थकिन कुमार गुरुङ, महासचिव आर. बि. कटुवाल, कोषाध्यक्षमा गणेशबाबु पोखरेल, तथा केन्द्रिय सदस्यहरुमा प्रल्हाद खनाल र कर्मवाङ्गेल लामा निर्वाचित भएका छन् ।


प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?