Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

सरकारले शासन सञ्चालनमा पक्षपात गरेको नेकपा एसको आरोप


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएका कारण राजावादीहरु सल्बलाउन थालेको टिप्पणी गरेका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले वर्तमान सरकारले समेत नयाँपन दिन नसकेका कारण प्रतिगमनकारीहरु सक्रिय भएको आरोप लगाउदै भ्रष्टचारीहरुलाई कारबाही गर्न वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । सरकारले शासन सञ्चालनमा पक्षपात गर्दै रवि लामिछानेलाई जिल्ला घुमाउने काम गरिएको सांसद पाण्डेको आरोप छ । उनले लामिछानेको जस्तै मुद्दामा काँग्रेस उपसभापति र एमाले सांसदहरुलाई कुनै कारबाही नगरिएको जिकिर गरेका छन् ।

उनले भने,‘राजावादीहरु सल्बलाउनुमा सत्तामा बस्नेहरुले सुशासन दिन नसकेको, दुई तिहाईको सरकारले पनि नयाँपन दिन नसकेको, भ्रष्टाचार संस्थागत हुँदै गएको, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीहरुलाई कारबाही गर्न सरकार पूर्णतः असफल हुँदै गएको, भ्रष्टाचारका एकपछि अर्को घटनामा मन्त्री, कर्मचारी र उच्चपदस्थ व्यक्ति, सरकारद्वारा नियुक्त विभिन्न संस्थानका प्रमुख मुछिँदै गएको, शासन संचालनमा व्यापक पक्षपात भएको, सहकारी गठी आरोपमा यसै संसदका सांसद रवि लामिछानेलाई झन्डै ९० दिन विभिन्न जिल्ला डुलाउँदै अपमान र यातना दिने काम गरियो तर यस्तै आरोपमा मुछिएका कांगेस उपसभापति र नेकपा एमालेका सांसदलाई कुनै कारबाही भएन । यी सबैलाई मुद्दा नचल्ने बन्यो । रवि लामिछानेलाई मुद्दा चल्ने अरुलाई नचल्ने देखियो । सत्तापक्षलाई एउटा कानून र सत्ता बाहिरको लाई अर्को कानून जस्तै भयो ।’

वर्तमान सरकारले सत्तापक्षको लागि एउटा कानून र प्रतिपक्षको लागि अर्को कानून कार्यान्वयन गरेजस्तो देखिएको टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?