Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

काँग्रेस केन्द्रिय कार्यालमा शिक्षकहरुको धर्ना


काठमाडौँ। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरुले नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।

मंगलवार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरुले धर्ना दिएका हुन् । उनीहरुले पार्टी केन्द्रिय कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका हुन् । राजनीतिक दलहरुका केन्द्रिय कार्यालयमा धर्ना दिने कार्यक्रमअन्तर्गत मंगलवार काँग्रेस केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् ।

उनीहरुले शिक्षा अध्याँरो जीवनलाई उज्यालोतर्फ डोर्याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे । देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?