Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्योः अध्यक्ष दाहाल


काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् दुई तिहाईको वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक हुने उनको जिकिर छ । वर्तमान सरकार र सत्तारुढ दलहरुले संख्याको अहंकारमा सत्ताको दुरुपयोग गरिरहेको अध्यक्ष दाहालको आरोप छ । उहाँले सरकारले प्रतिपक्ष र जनतलाई महत्व नदिएकै कारणले जनता सडकमा ओर्लिने अवस्था सिर्जना भएको बताएका छन् ।

उनले भने, ‘यो दुई तिहाई नै नेपालको लोकतन्त्रको लागि, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ । यसमा तपाईहरुलाई गम्भिर रुपमा सोच्न अनुरोध मात्र गर्न सक्छु अहिले । यो संख्याको अहंकार त छदैछ । त्यो अहँकारकबाट सत्ताको दुरुपयोग शुरु भयो । प्रतिपक्ष र जनताको रचनात्मक खबदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिेने अवस्था आएको छ । र तपाईहरुलाई लागेको होला हामीसँग दुई तिहाई छ कसले के गर्न सक्छ ? सर्वप्रथम त तपाईले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्ने गर्नुभएको छ । यो सरकारको जन्म नै लोकतन्त्र विरुद्ध भयो, संविधान विरुद्ध भयो भन्ने मेरो गम्भिर भनाई छ । पहिलो र दोस्रो पार्टी मिल्ने कुरा नै लोकतन्त्रको मूल मर्म विपरित छ । ’

उनले वर्तमान सरकारको जन्म नै लोकतन्त्र र संविधान विरोधी कदमबाट भएको टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?