Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्योः अध्यक्ष दाहाल


काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् दुई तिहाईको वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक हुने उनको जिकिर छ । वर्तमान सरकार र सत्तारुढ दलहरुले संख्याको अहंकारमा सत्ताको दुरुपयोग गरिरहेको अध्यक्ष दाहालको आरोप छ । उहाँले सरकारले प्रतिपक्ष र जनतलाई महत्व नदिएकै कारणले जनता सडकमा ओर्लिने अवस्था सिर्जना भएको बताएका छन् ।

उनले भने, ‘यो दुई तिहाई नै नेपालको लोकतन्त्रको लागि, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ । यसमा तपाईहरुलाई गम्भिर रुपमा सोच्न अनुरोध मात्र गर्न सक्छु अहिले । यो संख्याको अहंकार त छदैछ । त्यो अहँकारकबाट सत्ताको दुरुपयोग शुरु भयो । प्रतिपक्ष र जनताको रचनात्मक खबदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिेने अवस्था आएको छ । र तपाईहरुलाई लागेको होला हामीसँग दुई तिहाई छ कसले के गर्न सक्छ ? सर्वप्रथम त तपाईले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्ने गर्नुभएको छ । यो सरकारको जन्म नै लोकतन्त्र विरुद्ध भयो, संविधान विरुद्ध भयो भन्ने मेरो गम्भिर भनाई छ । पहिलो र दोस्रो पार्टी मिल्ने कुरा नै लोकतन्त्रको मूल मर्म विपरित छ । ’

उनले वर्तमान सरकारको जन्म नै लोकतन्त्र र संविधान विरोधी कदमबाट भएको टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?