Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सिएनआईले चैत्र ३ गते वुमेन लिडरसिप समिट—२०२५ आयोजना गर्ने


काठमाडौँ। नेपाल उद्योग परिसंघ (सिएनआई) ले चैत्र ३ गते काठमाडौंमा वुमेन लिडरसिप समिट २०२५ सञ्चालन गर्ने भएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर परिसंघले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेश अग्रवालले परिसंघले दोस्रो अन्तर्राष्ट्रिय स्तरको वुमेन लिडरसिप समिट २०२५ आयोजना गर्न लागेको बताएका छन् । उनले काठमाडौंमा हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने जानकारी दिएका छन् । सम्मेलनमा प्रविधि र इनोभेसन वुमेन इन सस्टेनेबल एग्रिकल्चर, इन्भेष्टिङ इन वुमेन, बीवेण्ड बाउण्ड्रिङ विषयमा सत्रगत रुपमा छलफल हुने बताउंदै महिला नेतृत्व शिखर सम्मेलनले परिर्वतन प्रेरित महिला, नेतृत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुलाई एउटै थलोमा ल्याउने बताए । प्रदर्शनीमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत हुने जानकारी दिएका छन् ।

सम्मेलनमा करिव ५ सय महिलाको सहभागिता रहने पनि अध्यक्ष अग्रवालको भनाइ छ । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरुमा केन्द्रित हुने र यसले महिलाहरुलाई प्रेरित गर्ने विश्वास परिसंघको छ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिलाहरु सहभागी हुने बताउनु भयो ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?