Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सिएनआईले चैत्र ३ गते वुमेन लिडरसिप समिट—२०२५ आयोजना गर्ने


काठमाडौँ। नेपाल उद्योग परिसंघ (सिएनआई) ले चैत्र ३ गते काठमाडौंमा वुमेन लिडरसिप समिट २०२५ सञ्चालन गर्ने भएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर परिसंघले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेश अग्रवालले परिसंघले दोस्रो अन्तर्राष्ट्रिय स्तरको वुमेन लिडरसिप समिट २०२५ आयोजना गर्न लागेको बताएका छन् । उनले काठमाडौंमा हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने जानकारी दिएका छन् । सम्मेलनमा प्रविधि र इनोभेसन वुमेन इन सस्टेनेबल एग्रिकल्चर, इन्भेष्टिङ इन वुमेन, बीवेण्ड बाउण्ड्रिङ विषयमा सत्रगत रुपमा छलफल हुने बताउंदै महिला नेतृत्व शिखर सम्मेलनले परिर्वतन प्रेरित महिला, नेतृत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुलाई एउटै थलोमा ल्याउने बताए । प्रदर्शनीमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत हुने जानकारी दिएका छन् ।

सम्मेलनमा करिव ५ सय महिलाको सहभागिता रहने पनि अध्यक्ष अग्रवालको भनाइ छ । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरुमा केन्द्रित हुने र यसले महिलाहरुलाई प्रेरित गर्ने विश्वास परिसंघको छ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिलाहरु सहभागी हुने बताउनु भयो ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?