Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

राजावादीहरुको प्रदर्शनबारे देउवाः कुनै अद्भुत प्रदर्शन भएको छैन


काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजावादीहरुको प्रदर्शन कुनै अद्भुत प्रदर्शन नभएको प्रतिक्रिया दिएका छन्।

काठमाडौंमा आईतवार राजावादीहरुको प्रदर्शन अद्भुत भयो नि ? भन्ने प्रश्नमा सभापति देउवाले कुनै अद्भुत प्रदर्शन नभएको प्रतिक्रिया दिएका छन् । उनले केही नभएको भन्दै आत्तिनुपर्ने कारण नरहेको बताए । पूर्वराजा शाहलाई भारतले उचालेको हो भन्ने प्रश्नमा उनले कसैले उचाल्ने कुरा नभएको र उचालेको थाहा नरहेको बताए ।

उनले भने, ‘कहाँ अद्भुत भएको छ, केही भएकै छैन । कसैले उचाल्ने कुरा पनि छैन, उचालेको थाहा पनि छैन ।’

सभापति देउवाले दुई ठूला राजनीतिक दलहरुको सरकार अहिले रहेको र यो ०८४ सम्मै चल्ने दाबी गरेका छन्  ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?