Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

निजी शैक्षिक संस्थालाई प्रधानमन्त्रीको आग्रहः अत्याधिक मुनाफा लिने उद्देश्य नराख्नुस्


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधिनक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरु खोल्न नहुने बताएका छन् ।

सोमवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्दै शिक्षा क्षेत्र उद्योग नभएकाले अत्याधिक मुनाफा कमाउने उद्देश्य नराख्न आग्रह पनि गरेका छन्। उनले देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरुलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रुपमा विकास गर्ने उद्देश्य राखेर निजी क्षेत्रले शैक्षिक संस्थाहरु खोल्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस् । तपाईंहरुको सम्पती कसैले पनि खोस्दैन, खोस्न पाउँदैन । यो सम्पतीको हकभित्र पर्छ । नेपालमा सम्पतीको हकभित्र पर्दछ । तपाईंको सम्पती संविधान, नियम कानून बमोजिम, प्रचलन बमोजिम तपाईंहरुले स्वभाविक रुपमा आफ्नो सम्पती आफ्नो ढंगले प्रयोग गर्न पाउनुहुन्छ । यो उद्योग होइन है, त्यसकारण अत्याधिक मुनाफा ननिकाल्नुस् । यो आइटी कम्पनी होइन । अलिकति लगानी गरे धेरै आम्दानी भइहाल्छ । देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरुलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रुपमा विकास गर्ने तपाईंको मुल उद्देश्य हो । पैसा कमाउने उद्देश्य होइन ।’

प्रधानमन्त्री ओलीले समाजलाई अशोभनीय खालका कुराहरु हटाउनुपर्ने जरुरी रहेको बताउदै सिंगो समाजलाई अशोभनीय बनाउने प्रयास भइरहेको बताएका छन् ।


प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?