Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

सीपअनुसारको रोजगारी सिर्जना गर्न आवश्यकः महामन्त्री थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सीप अनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा आईतवार रोजगारको समस्या समाधानका बारेमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिना सीपको न्युनस्तरको श्रमशक्ति रहेको बताए । उनले नेपालमा सञ्चालन भएका उद्योगमा आवश्यक सीपसहितका जनशक्ति विदेशबाट आयात भइरहेको बताउंदै विदेशमा बिनासिपको श्रमशक्ति माग भइरहेकाले नेपाली जनशक्ति विदेश जाने क्रम बढेको दाबी गरेका छन् । उनले नेपालमा युवा जनशक्तिलाई सीप प्रदान गर्नुपर्ने वा सीप अनुसारको रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘नेपालमा हाइड्रो पावर निर्माण भइरहेको छ जसबाट रोजगारी सिर्जना भएको छ तर नेपालीले काम पाइरहेका छैनन् । नेपालीले काम पाएन भनि रहेका छौँ तर किन काम पाएन भन्नेकुराभने यस्तो छ । चिनियाँको तुलनामा ४५ प्रतिशत, भारतको हिसावमा ८१ प्रतिशत उत्पादनको अवस्था देखिन्छ । किन यस्तो भयो होला त ? श्रम बजारमा भएको हाम्रो जनशक्तिमध्ये अधिकांश तह एकको छ । तह एकको भनेको सबैभन्दा तल्लो किसिमको सीप भनेको हो । श्रम बजारमा मान्छे छ । कसैले उद्योग खोल्यो । उसलाई श्रमिक चाहिएको छ । सीप दिने अर्कैतिर छ । जुन सीप चाहिएको हो त्यो आइरहेको छैन । फेरि बाहिर (विदेश) को बजारले सीप (स्किल) नभएको मान्छे चाहिएको छ । हामी हाम्रो मान्छे बाहिर गयो मात्र भन्छौँ किन गयो भनेर खोजी गर्दैनौँ । उसँग उमेर छ, श्रम शक्ति छ तर सीप छैन । हाम्रोमा स्किल भएको कामको मात्र रोजगारीको सिर्जना भएको देखिन्छ कतिपय सन्दर्भमा । कृषि क्षेत्रमा भएको श्रम शक्ति ८५ प्रतिशत तह एकको छ ।’

महामन्त्री थापाले देशमा ठूलो जनसंख्या रोजगारबाट विमुख भएको तथा रोजगार पाएकाले पनि कम पारिश्रमिक पाएका कारण विदेश जान बाध्य भएको बताउदै सुनका गहना बनाउने लगायत कतिपय रोजगारमा नेपाली युवाको अरुचिका कारण अधिकांश कामदार विदेशबाट आउने गरेको उनको भनाइ छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?