Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

एमालेमाथि गरिने आक्रमण राष्ट्रमाथिकै प्रहार हो : महासचिव पोखरेल


१९ चैत्र, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमालेमाथि गरिने प्रहार राष्ट्रमाथिकै प्रहार भएको बताएका छन् । पछिल्लो समय चाैतर्फी रूपमा एमालेमाथि प्रहार भइरहेको बताउँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

आइतबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘यतिवेला राष्ट्रिय राजनीतिमा एमाले र एमाले नेतृत्वका विरुद्ध जस्तो प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यो आक्रमणको उद्देश्य के हो ? यो नेकपा एमालेलाई मात्रै कमजोर बनाउने उद्देश्य होइन । थार्थतामा नेपाल राष्ट्रलाई नै कमजोर बनाउने उद्देश्यका साथ एमालेमाथि प्रहार भइरहेको छ ।’

पोखरेलले देश अहिले ३ वटा संकटबाट गुज्रिरहेको बताउँदै त्यसको कारक कांग्रेस माओवादी नेतृत्वको गठबन्धन भएको पनि टिप्पणी गरे ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?