Trending
>>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण सम्भव छैनः उपाध्यक्ष शाक्य


काठमाडौँ। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताएकी छिन्।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा एमाले अनेमसंघ केन्द्रिय कमिटीले ११५ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसर पारेर आयोजना गरेको जलवायु परिवर्तन, महिला अवसर र सम्भावना विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले पनि सामन्ती अवशेषहरु अझै बाँकी रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताइन् । उनले सामन्ती अवशेष अन्त्य गर्न वैचारिक संघर्ष जरुरी रहेको बताइन् । उनले अहिले जलवायु परिवर्तनको समस्या जटिल बनिरहेको र जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरुले प्राथमिकतामा राख्नुपर्ने पनि बताइन् ।

उपाध्यक्ष शाक्यले भनिन्, ‘सोचमा रुपान्तरित नभएसम्म हामीले समृद्ध नेपाल निर्माण गर्न सक्दैनौँ समानतायुक्त नेपाल निर्माण गर्न सक्दैनौँ । अहिले पनि नेकपा एमालेले स्पष्ट भनेको छ । पितृसत्ता छ । सामन्ती अवशेषहरु बाँकी रहेका छन् । सामन्ती व्यवस्था अन्त्य गरे पनि सामन्ती अवशेष बाँकी छ । त्यो कहाँ छ भन्दा हाम्रो नेतृत्वको दिमागमा छ । सामन्ती अवशेष अन्त्य गर्न, हटाउन वैचारिक संघर्ष जरुरी छ । सामन्ती अवशेष सहजै हट्दैन । अहिले जलवायु परिवर्तनको कुरा गरिरहँदा अत्यन्तै जटिलतापूर्ण छ । जलवायु परिवर्तनको मुद्दा राजनीतिक मुद्दा बन्नुपर्छ । जलवायु परिवर्तनले नेपाल पीडित हो । अब यो विषयलाई सामान्य छलफल गरेर पुग्दैन । अझै गहिराईका साथ छलफल गर्नुपर्छ । जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरुले प्राथमिकतामा राख्नुपर्छ ।’

उपाध्यक्ष शाक्यले आफूहरु संविधानमार्फत, सुशासन, समृद्ध नेपाल बनाउन लागिरहेको बताइन्। आफूहरुको एजेण्डा नै आर्थिक, सामाजिक, सांस्कृतिक एजेण्डा भएको दाबी गरिन् ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?