Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आफ्नो छोरी रानी, अरुको छोरी नोकरानी हुने घर ‘नर्क’ सरह होः मन्त्री सुडी


काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताउदै उनले आफ्नो छोरी रानी र अरुको छोरी नोकरानी जस्तो व्यवहार कसैले गर्न नहुने बताएका छन् । उनले छोरी सरह स्नेह दिनसके आमासरह माया पाउने पाउने बताए । पुरुष र महिलामा कानूनी रुपमा कुने विभेद नभए पनि व्यवहारिक रपमा अझै कायम रहेको जिकिर गर्दै यसलाई हटाउन सरकार लागिरहेको उनको भनाइ छ ।

मन्त्री सुडीले भने, ‘जुन घरमा महिलाको सम्मान छैन, आदर छैन, त्यो घर नरक हो । त्यो घरमा कहिले पनि श्री हुन सक्दैन । लक्ष्मीको वास हुन सक्दैन । तर यो पनि ध्यान राख्नुपर्छ । हाम्रो छोरी रानी, अरुको छोरी नोकरानी गर्नु हुँदैन । यदी तपाईं आफ्नो घरमा श्री हेर्न चाहना राख्नुहुन्छ भने अरुको छोरी पनि रानी बनाउनु पर्छ । आमाले छोरीलाई खान नदिने, वर्तन धुहाउन लगाउने काम हुन्छ तर छोरालाई मजाले ऐस आराम गर्न दिने । यदी तपाईं आफ्नो बुहारीलाई छोरी समान मान्नुहुन्छ भने उसले पनि आमा मान्छ ।’

मन्त्री सुडीले महिलाहरुको अधिकारको आन्दोलन अझै नसकिएको उल्लेख गर्दै सबैले एकजुट भएर महिलाका हक, अधिकारका लागि काम गर्नुपर्ने बताएका छन् । उनले महिलालाई पुरुषसरह समान अधिकार दिनुपर्ने पनि बताएका छन् ।


प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?