Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

आफ्नो छोरी रानी, अरुको छोरी नोकरानी हुने घर ‘नर्क’ सरह होः मन्त्री सुडी


काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताउदै उनले आफ्नो छोरी रानी र अरुको छोरी नोकरानी जस्तो व्यवहार कसैले गर्न नहुने बताएका छन् । उनले छोरी सरह स्नेह दिनसके आमासरह माया पाउने पाउने बताए । पुरुष र महिलामा कानूनी रुपमा कुने विभेद नभए पनि व्यवहारिक रपमा अझै कायम रहेको जिकिर गर्दै यसलाई हटाउन सरकार लागिरहेको उनको भनाइ छ ।

मन्त्री सुडीले भने, ‘जुन घरमा महिलाको सम्मान छैन, आदर छैन, त्यो घर नरक हो । त्यो घरमा कहिले पनि श्री हुन सक्दैन । लक्ष्मीको वास हुन सक्दैन । तर यो पनि ध्यान राख्नुपर्छ । हाम्रो छोरी रानी, अरुको छोरी नोकरानी गर्नु हुँदैन । यदी तपाईं आफ्नो घरमा श्री हेर्न चाहना राख्नुहुन्छ भने अरुको छोरी पनि रानी बनाउनु पर्छ । आमाले छोरीलाई खान नदिने, वर्तन धुहाउन लगाउने काम हुन्छ तर छोरालाई मजाले ऐस आराम गर्न दिने । यदी तपाईं आफ्नो बुहारीलाई छोरी समान मान्नुहुन्छ भने उसले पनि आमा मान्छ ।’

मन्त्री सुडीले महिलाहरुको अधिकारको आन्दोलन अझै नसकिएको उल्लेख गर्दै सबैले एकजुट भएर महिलाका हक, अधिकारका लागि काम गर्नुपर्ने बताएका छन् । उनले महिलालाई पुरुषसरह समान अधिकार दिनुपर्ने पनि बताएका छन् ।


प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?