Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

रवि लामिछानेविरूद्ध रिट लिएर पुनः सर्वोच्च गए युवराज सफल


१९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत गएका छन् । लामिछानेविरूद्ध रिट लिएर सफल पुनः सर्वोच्च गएका हुन्।

उनि अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै सर्वोच्च पुगेको बताइएको छ ।

आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नु निमयसम्मत नभएको उनले दाबी गरेका छन् ।

गत मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछाने नागरिकता प्रकरणमा दोषी सावित भएसँगै उनको सांसद पद खारेज भएको थियो । सोही क्षेत्रमा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

लामिछानेले सोही क्षेत्रबाट चुनाव लड्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारको टिकट पाइसकेका छन् ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?