Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

हातमा हतकडी र खुट्टामा नेल लगाएर अमेरिकाबाट फर्काइएका नेपाली भन्छन् –’ट्रम्प गएपछि फेरि जान्छौं !’


काठमाडौं । अवैध बाटोबाट अमेरिका पुगेका नौ नेपालीलाई अमेरिकाले डिपोर्ट गरेर बुधवार नेपाल फर्कायो। चार्टर विमानबाट अमेरिकाले डिपोर्ट गरेर नेपाल फर्काएकाहरूले अध्यागमन विभाग अनि मानव बेचबिखन ब्युरोका प्रहरीलाई दिएको जानकारी अनुसार बुधवार नेपाल फर्काइएकाहरू डोटी, दाङ र रुकुमका युवा-युवतीहरू छन्र । उनीहरूको हातमा हतकडी अनि खुट्टामा नेल लगाएर नेपाल ल्याइएको हो।

अध्यागमन विभागका अनुसार, डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयता यसरी नै ३५ नेपाली नागरिक अमेरिकाबाट निष्कासित भइसकेका छन्। ब्युरोका एक अधिकारीका अनुसार उनीहरूले ट्रम्पकाे कार्यकाल सकिएपछि फेरि अमेरिका जाने बताएका थिए ।


प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?