Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

हातमा हतकडी र खुट्टामा नेल लगाएर नेपाल ल्याइयाे अमेरिका पुगेका नौ नेपाली !


काठमाडौं । अवैध बाटोबाट अमेरिका पुगेका नौ नेपालीलाई अमेरिकाले डिपोर्ट गरेर बुधवार नेपाल फर्कायो। चार्टर विमानबाट अमेरिकाले डिपोर्ट गरेर नेपाल फर्काएकाहरूले अध्यागमन विभाग अनि मानव बेचबिखन ब्युरोका प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरूको हातमा हतकडी अनि खुट्टामा नेल लगाएर नेपाल ल्याइएको हो।

अध्यागमन विभागका अनुसार, डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयता यसरी नै ३५ नेपाली नागरिक अमेरिकाबाट निष्कासित भइसकेका छन्। बुधवार नेपाल फर्काइएकाहरू डोटी, दाङ र रुकुमका युवा-युवतीहरू रहेको ब्युरोका एक अधिकारीले जानकारी दिए।

 


प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?