Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

नेपालमा कति सवारीसाधन छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन : मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग नेपालमा कति सवारीसाधन छन् भन्ने यकिन तथ्यांक नरहेको बताएका छन् ।

मंगलवार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले नेपालसँग कति सवारीसाधनहरु छन् भन्ने यकिन तथ्यांक नहुँदा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत अनुमानित तथ्यांक दिनुपरिरहेको गुनासो गरेका छन् । उनले अनुमानित ५० /६० लाख सवारीसाधनहरु रहेको बताउदै वैशाखसम्ममा नेपालभर रहेका सवारीसाधनहरुको यकिन तथ्यांक संकलन गर्ने जानकारी दिएका छन् ।

उनले भने, ‘अहिलेसम्म हामीसँग कति भेहिकल छन् भन्नेकुरा एउटा राज्यसँग यकिन तथ्यांक छैन । कति छन् भन्नेकुरा थाहा छैन भनेर भनिरहनुपर्ने कुरा त्यत्ति शोभनिय कुरा होइन । तर भनिरहेका छौँ । कसैले ६० लाख भन्छन्, कसैले ५० लाख छन् भन्छन् । यो वैशाखसम्ममा जसरी पनि यकिन तथ्यांक ल्याउनुपर्छ । अब हामी अन्तर्राष्ट्रिय गोष्ठीमा जानुपर्ने छ । तर त्यहाँ पनि हामीले यस्तै यस्तै डाटा भन्छौँ । कहिले ५० लाख, कहिले ६० लाख भन्छौँ भन्ने चाहीँ गरेका छौँ । त्यसमध्येको ८० प्रतिशत मोटरसाइकल भनेका छौँ ।’

मन्त्री दाहालले कुल सवारीसाधनमध्ये ८० प्रतिशत मोटरसाइकल रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?