Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

‘श्रमिक आन्दोलनमाथि ‘कू’ को प्रयास भइरहेको छ’


काठमाडौँ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिंखडाले ट्रेड युनियन आन्दोलन कू हुने प्रक्रियामा रहेको बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई मन्त्रालयमा सोमवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को तर्फबाट ज्ञापन पत्र बुझाउँदै उनले नेपालका श्रमिकहरुको मुद्दा र श्रमिकहरु नै ओझेलमा परेको बताए । बैंक तथा वित्तीय क्षेत्रमा श्रमिकहरुले आफ्ना माग राखेर आन्दोलन गर्न नपाउने फैसला आएको भन्दै उहनले श्रमिकहरु चनाखो हुनुपर्नेमा जोड दिएका छन्।

उनले भने, ‘नेपालको ट्रेड युनियन आन्दोलन वा श्रमिकहरुको मुद्दा र श्रमिकहरु नै अहिले ओझेलमा परेको स्थिति रहेको आम ट्रेड युनियन र प्रतिष्ठानका श्रमजीविहरुले अनुभव गरिरहेका छन् । अहिले कस्तो छ भने बैंक वित्तीय क्षेत्रको फैसला आयो त्यसलाई हामीले गम्भी रुपमा हेरेका छौँ । किनभने त्यो अत्यावश्यक ऐन भन्ने गरेर आज बैंकमा नलाग्ने र भोलि टेलिकममा नलाग्ने अत्यावश्यक भन्ला, विद्युतमा अत्यावश्यक भन्ला, होटल पर्यटन, पेट्रोल ग्यासमा काम गर्ने सबैमा अत्यावश्यक भन्ला । यो ट्रेड युनियन आन्दोलनमा कू हुने प्रक्रियामा अगाडि बढेको छ भन्ने हामीले बुझेका छौँ ।’

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले युनियनको आन्दोलनलाई नजरअन्दाज गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउदै सरकारले अत्यावश्यकको नाममा श्रमिक आन्दोलनमा रोक लगाउने कार्यले दक्ष जनशक्ति पाउन छोडेको बताए । देशमा अहिले २७ वटा पाँचतारे होटल थपिएर सञ्चालनमा आएको भएपनि दक्ष जनशक्तिको अभाव रहेको रोजगारदाताले गुनासो गरेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले व्यवहार चाहीँ के भइरहेको छ भने ट्रेड युनियनको आन्दोलनलाई इग्नोर गर्ने षड्यन्त्र त भइरहेको छैन ? २५ वर्ष संघर्षबाट प्राप्त गरेको १० प्रतिशत अदालतको नाममा फिर्ता ल्याउनु जसको कारणले गर्दा इण्डिभिजल रोजगारदाताहरुलाई सोध्नुस् हामीसँग कुरा गर्नुहुन्छ यो कारणले गर्दा दक्षता प्राप्त गर्ने मजदुरहरु हामीले पाउन छोड्यौँ भन्ने खालको रोना राइरहनु भएको छ । अहिले २७ वटा फाइभ इस्टार होटल थपिएको छ तर त्यहाँ दक्ष जनशक्ति पाउन मुश्किल भइरहेको छ ।’

कार्यक्रममा सहभागीहरुले योग्य र सक्षम जनशक्ति देशबाट पालयन भइरहेको भन्दै त्यस्ता जनशक्ति देशमै रोक्नका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?