Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग


काठमाडौँ। नेपाल वन प्राविधिक संघले नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग गरेको छ ।

संघको स्वर्ण जयन्तीको अवसरमा आयोजित नीति संवाद कार्यक्रममा नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले नेपाल वन प्राविधिक परिषद् गठन गरेर वनसँग सम्बन्धित समस्याहरुको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले वनका कामहरु गर्नका लागि वनका प्राविधिकहरुको आधिकाररिकता दिन नेपाल वन प्राविधिक परिषद् आवश्यक हुने बताउदै परिषद् गठन भएको खण्डमा आधिकारिक रुपमा काम गर्न पाइने बताए । उनले वन व्यवस्थापनमा प्राविधिकहरुको कमी रहेको उल्लेख गर्दै परिषद् भएको खण्डमा वनसँग जोडिएका कामहरु पनि छिटो छरितो हुने र सामुदायिक वनहरुको नविकरणमा पनि सहयोग पुग्ने बताउदै उनले ४६ प्रतिशत वन क्षेत्रलाई अवहेलना नगर्न चेतावनी दिएका छन् । परिषद् गठन गरेर वनसँग सम्बन्धित कामहरु गरेको खण्डमा स्वदेशमै वन प्राविधिकहरुले रोजगारी पाउने र वनसँग सम्बन्धित क्षेत्रमा अन्य रोजगारीको सिर्जना हुने उल्लेख गर्दै उनले विज्ञानमा आधारित वन व्यवस्थापन अहिलेको आवश्यकता भएको बताएका छन् ।

उनले भने, ‘मानव—वन्यजन्तु द्वन्द्वको व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा एउटा छलफल गरिरहेका छौँ भने अर्को वन डढेलोको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को छलफल भइरहेको छ । फागुन २० गते उपराष्ट्रपतिको प्रमुख आतिथ्यतामा ५० वर्षभर गरेका कामहरुको स्मारिका विमोचनको साथै शुरुवात गरिएको नेपाल वन प्राविधिक संघको शुरुवातताकाका समितिहरुलाई सम्मान गर्ने कार्यक्रम छ । वन व्यवस्थापनको कुरा प्रमुख छ । नेपालमा ४६ प्रतिशत वन हुँदाहुँदै पनि विदेशबाट काठ आयातित भइरहेको छ । यहाँका श्रम शक्तिहरु बाहिर रोजगारीका लागि गइरहेका छन् । वन संवद्र्धनमा आधारित वन व्यवस्थापन वा विज्ञानमा आधारित वन व्यवस्थापन हुनुपर्छ । सरकार यसमा गम्भीर हुनुपर्छ । वन विकाससँग जोडिन नेपाल वन प्राविधिक परिषद् गठन तत्काल हुनुपर्छ । त्यसले वन प्राविधिकलाई वन र वन विकास गर्नका लागि सहज हुन्छ ।’

उनले वन क्षेत्र राज्यको प्राथमिकतामा नहुँदा वन प्राविधिक र उपभोक्ताहरु समस्यामा परेको बताएका छन् । संघले फागुन २० गते उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा स्वर्ण जयन्ती मनाउँदै छ ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?