Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्राध्यापक खरेलको पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण


काठमाडौँ। लेखक तथा प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण गरिएको छ ।

सोमवार काठमाडौंमा एक समारोहकाबीच त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले पुस्तकको लाकोर्पण गरेका हुन् । लोकार्पण कार्यक्रममा बोल्दै लेखक तथा प्रध्यापक खरेलले पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको बताए । पुस्तकमा ८० प्रतिशत सामग्रिहरु विश्व दृष्टिकोणबाट लेखेको उनको भनाइ छ । उनले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमै राजनीतिकरण र खण्डिकरणको प्रवेश भएको बताउदै नेपालका अधिकांश पत्रकारहरु राजनीतिक दलको भ्रातृ संगठनको सदस्य रहेको कारण समस्या भएको उल्लेख गर्दै उनले यसलाई शुद्धीकरण गर्नुपर्नेमा आफ्नो जोड रहेको बताए ।

उनले भने, ‘अहिलेको पुस्तक चाहीँ आदर्शको हिसाबले पत्रकारिता चौथो अंग नै हो । तर राजनीतिकरण, खण्डिकरणको प्रवेश पत्रकारिता क्षेत्रमा नेपालमा मात्र होइन विश्वभरी नै भयो । र मेरो पुस्तकमा ८० प्रतिशतभन्दा बढी सामग्रि विश्वको दृष्टिकोणबाट मैले तयार गरेको छु । मैले पश्चिमा देशको अवस्थाहरुबारे विज्ञहरुसँग राखेको छु भने नेपालको अवस्थामा केही स्रोतहरु लिएको छु । नेपालको पत्रकारितामा पनि राजनीतिकरण भएको छ । धेरै पत्रकारहरु राजनीतिक दलको भातृ संगठनको सदस्य भएको हिसावले त्यो शंकास्पद हुन्छ । यसलाई शुद्धिकरण गर्नुपर्छ भन्ने मेरो जोड हो ।’

उनले पछिल्लो समय नेपालको मात्र नभई अमेरिका र युरोपको समते पत्रकारिताको स्तर खस्किदै गएको बताए ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?