Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

प्राध्यापक खरेलको पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण


काठमाडौँ। लेखक तथा प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण गरिएको छ ।

सोमवार काठमाडौंमा एक समारोहकाबीच त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले पुस्तकको लाकोर्पण गरेका हुन् । लोकार्पण कार्यक्रममा बोल्दै लेखक तथा प्रध्यापक खरेलले पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको बताए । पुस्तकमा ८० प्रतिशत सामग्रिहरु विश्व दृष्टिकोणबाट लेखेको उनको भनाइ छ । उनले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमै राजनीतिकरण र खण्डिकरणको प्रवेश भएको बताउदै नेपालका अधिकांश पत्रकारहरु राजनीतिक दलको भ्रातृ संगठनको सदस्य रहेको कारण समस्या भएको उल्लेख गर्दै उनले यसलाई शुद्धीकरण गर्नुपर्नेमा आफ्नो जोड रहेको बताए ।

उनले भने, ‘अहिलेको पुस्तक चाहीँ आदर्शको हिसाबले पत्रकारिता चौथो अंग नै हो । तर राजनीतिकरण, खण्डिकरणको प्रवेश पत्रकारिता क्षेत्रमा नेपालमा मात्र होइन विश्वभरी नै भयो । र मेरो पुस्तकमा ८० प्रतिशतभन्दा बढी सामग्रि विश्वको दृष्टिकोणबाट मैले तयार गरेको छु । मैले पश्चिमा देशको अवस्थाहरुबारे विज्ञहरुसँग राखेको छु भने नेपालको अवस्थामा केही स्रोतहरु लिएको छु । नेपालको पत्रकारितामा पनि राजनीतिकरण भएको छ । धेरै पत्रकारहरु राजनीतिक दलको भातृ संगठनको सदस्य भएको हिसावले त्यो शंकास्पद हुन्छ । यसलाई शुद्धिकरण गर्नुपर्छ भन्ने मेरो जोड हो ।’

उनले पछिल्लो समय नेपालको मात्र नभई अमेरिका र युरोपको समते पत्रकारिताको स्तर खस्किदै गएको बताए ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?