Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरीः उपराष्ट्रपति यादव


काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा नेपाल विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सबै मित्रराष्ट्रहरुसँग मित्रवत दुई पक्षिय सम्बन्ध, जनस्तरबीचको सम्बन्धको पक्षमा रहँदै आफ्नो विकासका बहुआयामिक क्षेत्रहरुमा आपसी सहयोग एवं सहकार्यबाट अघि बढ्न चाहेको बताउदै जलवायु संकटका कारण विश्व शान्ति र समृद्धिमा नयाँ चुनौतिहरु थपिएको बताए ।

उनले नेपालको संविधानको निर्देशक सिद्धान्तहरुमा धारा ५१ को (ड) मा उल्लेखित अन्तर्राष्ट्रिय सम्बन्धी नीति, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशिल रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखि स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उद्देश्यबाट परिलक्षित रहेको बताए । उनले उद्देश्य र लक्ष्य प्राप्त गर्न सबैको इमान्दारिता र राष्ट्रप्रेम अनिवार्य एवं सर्वोपरी शर्तहरु रहेको बताउदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, सुशासन, मानव अधिकार प्रवद्र्धनका लागि साझा प्रतिवद्धताका साथ अघि बढ्न जरुरी रहेको बताए ।

उनले जलवायु परिवर्तन, महामारीको प्रभाव, आर्थिक सुस्तताबाट त्राण पाउन नेपालसहित अन्तर्राष्ट्रिय जगतसँग साझा रणनीति र सामुहिक प्रयासका साथ अघि बढ्न सक्नुपर्ने बताउदै नेपालको अन्तर्राष्ट्रिय छवि प्रवद्र्धनका साथै आर्थिक विकास एवं सामाजिक प्रगतिसहित समृद्धिको लागि अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक पर्ने सहयोग र सहायता प्राप्त गर्न विकास साझेदार राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यलाई थप बलियो र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी छ । यसमा सबैको योगदान अभिवार्य छ । यो सन्दर्भमा यस परिषद्को जिम्मेवारी र भुमिका झनै बढी हुनसक्छ । नेपालको संविधानको निर्देशक सिद्धान्तहरुमा धारा ५१ को (ड) मा उल्लेखित अन्तर्राष्ट्रिय सम्बन्धी नीति, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशिल रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखि स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उद्देश्यबाट परिलक्षित छ । यि उद्देश्य र लक्ष्य प्राप्त गर्न सबैको इमान्दारिता र राष्ट्रप्रेम अनिवार्य एवं सर्वोपरी शर्तहरु हुन् ।’

उपराष्ट्रपति यादवले परराष्ट्र नीतिलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रगाढ एवं बलियो बनाउन निरन्तर प्रयासको खाँचो रहेको बताए ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?