Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

श्रम बजारमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न माग


काठमाडौँ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी), महिला समितिकी सदस्य सीता लामाले श्रम बजारमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न सरकारसँग माग गरेकी छिन् ।

आईतवार जेटियुसिसी महिला समिति चौथो राष्ट्रिय सम्मेलनपछि कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । उनले श्रम बजारको कार्यथलोमा महिलामाथि हुने र विभेद व्याप्त रहेको उल्लेख गर्दै महिलाहरुको न्युनतम पारिश्रमिक समेत बढाउनुपर्ने बताइन् । महिलाहरुलाई अवसर नदिएकै कारण मुलुकको अर्थतन्त्रमा सहयोग गर्न नसकेको कारण राज्यले बुझिदिनुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘समान कामको समान ज्याला छैन । महिलाहरु अझैपनि विभेदमा छन् । कार्यथलोमा हिंसा व्याप्त छ, कार्यथलोमा विभेद व्याप्त छ । लिंगको आधारमा अवसर र पारिश्रमिकमा गरिने विभेद छ त्यो कुरालाई सम्बोधन गर्नुपर्छ । महिलाहरुलाई पनि न्युनतम ज्याला चाहिन्छ भन्ने कुरा उठिरहेको छ । यसमा न्युनतम पारिश्रमिक बढाउनु पर्छ । महिलाहरुले मुलुकको अर्थतन्त्रमा सहयोग गर्न सकिरहेका छन् । यो कुरा पनि राज्यले बुझिदिनुपर्छ । ’

श्रमिकहरुलाई स्थानीय तहमा पञ्जिकरण गर्नुपर्नेमा अध्यक्ष लामाको जोड छ ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?