Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

श्रम बजारमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न माग


काठमाडौँ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी), महिला समितिकी सदस्य सीता लामाले श्रम बजारमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न सरकारसँग माग गरेकी छिन् ।

आईतवार जेटियुसिसी महिला समिति चौथो राष्ट्रिय सम्मेलनपछि कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । उनले श्रम बजारको कार्यथलोमा महिलामाथि हुने र विभेद व्याप्त रहेको उल्लेख गर्दै महिलाहरुको न्युनतम पारिश्रमिक समेत बढाउनुपर्ने बताइन् । महिलाहरुलाई अवसर नदिएकै कारण मुलुकको अर्थतन्त्रमा सहयोग गर्न नसकेको कारण राज्यले बुझिदिनुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘समान कामको समान ज्याला छैन । महिलाहरु अझैपनि विभेदमा छन् । कार्यथलोमा हिंसा व्याप्त छ, कार्यथलोमा विभेद व्याप्त छ । लिंगको आधारमा अवसर र पारिश्रमिकमा गरिने विभेद छ त्यो कुरालाई सम्बोधन गर्नुपर्छ । महिलाहरुलाई पनि न्युनतम ज्याला चाहिन्छ भन्ने कुरा उठिरहेको छ । यसमा न्युनतम पारिश्रमिक बढाउनु पर्छ । महिलाहरुले मुलुकको अर्थतन्त्रमा सहयोग गर्न सकिरहेका छन् । यो कुरा पनि राज्यले बुझिदिनुपर्छ । ’

श्रमिकहरुलाई स्थानीय तहमा पञ्जिकरण गर्नुपर्नेमा अध्यक्ष लामाको जोड छ ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?