Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई छोडेको छैनः सांसद कोईराला


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले नेपाली काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछोडेको बताएका छन् ।

आईतवार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद डा. शेखर कोईरालाले कतिपयले काँग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै काँग्रेसले समाजवाद नबिर्सिएको बताएका छन् । उनले कसैले बोलेको भए त्यसलाई मतलव नगर्न आग्रह गर्दै कहिले कहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए ।

उनले भने, ‘कति साथीहरुले भन्नुहुन्छ, नेपाली काँग्रेसले समाजवाद बिर्सियो । छोड्यो भनेर । होइन । कुनै हाम्रै साथीहरुले बोल्नुभएको छ भने त्यसालाई इग्नोर गर्नुस् । कहिले कहीँ राजनीतिमा इग्नोर पनि गर्नुपर्छ । तर नेपाली काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रका कुराहरुलाई हामीले छोडेका छैनौँ ।’

सांसद कोईरालाले सामाजिक सुरक्षालाई नेपाली काँग्रेसले बढाइराखेको पनि बताएका छन् ।


प्रकाशित मिति: १८ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?