Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई छोडेको छैनः सांसद कोईराला


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले नेपाली काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछोडेको बताएका छन् ।

आईतवार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद डा. शेखर कोईरालाले कतिपयले काँग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै काँग्रेसले समाजवाद नबिर्सिएको बताएका छन् । उनले कसैले बोलेको भए त्यसलाई मतलव नगर्न आग्रह गर्दै कहिले कहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए ।

उनले भने, ‘कति साथीहरुले भन्नुहुन्छ, नेपाली काँग्रेसले समाजवाद बिर्सियो । छोड्यो भनेर । होइन । कुनै हाम्रै साथीहरुले बोल्नुभएको छ भने त्यसालाई इग्नोर गर्नुस् । कहिले कहीँ राजनीतिमा इग्नोर पनि गर्नुपर्छ । तर नेपाली काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रका कुराहरुलाई हामीले छोडेका छैनौँ ।’

सांसद कोईरालाले सामाजिक सुरक्षालाई नेपाली काँग्रेसले बढाइराखेको पनि बताएका छन् ।


प्रकाशित मिति: १८ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?