Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धन नगर्ने, तिनै ठाउँमा एक्ला-एक्लै भिड्ने


१९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लै चुनाव लड्ने भएको छ ।

शनिबार पार्टी कार्यालय वसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचन तोकिएका सबै क्षेत्रमा गठबन्धन नगर्ने रास्वपाले जानकारी  दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले भने, ‘निर्वाचन आयोगले नै गठबन्धन गरेर चुनावमा जानबाट रोक्नुपर्छ,’ उनले भने, ‘साँठगाँठ गरेर चुनाव लड्ने प्रवृत्तिले कुनै पनि दलको बहुमत नआउने र मुलुक अस्थिरतामा जाने भएकाले हामी कसैसँग गठबन्धन गर्दैनौँ, एक्लै चुनाव लड्छौँ ।’

शनिबार चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनमा रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाका तर्फबाट चितवन २ मा रवि लामिछाने, तनहुँ १ मा स्वर्णीम वाग्ले र बारा २ मा रमेश खरेलले उम्मेदवारको टिकट पाएका छन् ।

गत मंसिरमा भएको चुनावामा चितवन २ बाटै निर्वाचित भएका लामिछाने नागरिकता सम्बन्धि मुद्दामा दोषी देखिएका कारण सांसदबाट बर्खास्त भएका थिए ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?