Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धन नगर्ने, तिनै ठाउँमा एक्ला-एक्लै भिड्ने


१९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लै चुनाव लड्ने भएको छ ।

शनिबार पार्टी कार्यालय वसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचन तोकिएका सबै क्षेत्रमा गठबन्धन नगर्ने रास्वपाले जानकारी  दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले भने, ‘निर्वाचन आयोगले नै गठबन्धन गरेर चुनावमा जानबाट रोक्नुपर्छ,’ उनले भने, ‘साँठगाँठ गरेर चुनाव लड्ने प्रवृत्तिले कुनै पनि दलको बहुमत नआउने र मुलुक अस्थिरतामा जाने भएकाले हामी कसैसँग गठबन्धन गर्दैनौँ, एक्लै चुनाव लड्छौँ ।’

शनिबार चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनमा रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाका तर्फबाट चितवन २ मा रवि लामिछाने, तनहुँ १ मा स्वर्णीम वाग्ले र बारा २ मा रमेश खरेलले उम्मेदवारको टिकट पाएका छन् ।

गत मंसिरमा भएको चुनावामा चितवन २ बाटै निर्वाचित भएका लामिछाने नागरिकता सम्बन्धि मुद्दामा दोषी देखिएका कारण सांसदबाट बर्खास्त भएका थिए ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?