Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति बिष वमन गरेः एमाले सांसद गैरे


काठमाडौँ। नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति बिषवमन गर्ने कोशिस गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशले शहीदहरुको अपमान गरेको समेत आरोप लगाएका छन् । उनले पूर्वराजा शाहकै कारण राजतन्त्र ढलेको जिकिर गर्दै शाहले संविधान उल्लङ्घन र निरङ्कुशता लाद्ने काम गरेकै कारण राजतन्त्रको समाप्त भएको बताए ।

उनले भने, ‘फागुन ७ गते पूर्वराजाले नेपालका शहीदहरु, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने शहीदहरुप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति बिष वमन गर्ने कोशिस गरे । जननेता मदन भण्डारीले २०४६ सालको परिवर्तनलगत्तै २०४८ सालको निर्वाचनको ताका तत्कालीन राजाले संविधानको केही प्रावधान उल्लंघन गर्ने प्रयास गरेपछि जननेता मदन भण्डारीले भन्नुभएको थियो– महाराज हात नलम्काईबक्सियोस् । आँखा नझिम्काईबक्सियोस् । संविधानले यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस् । हामीलाई कुनै आपत्ति छैन् । तर, संविधान उल्लंघनको कोशिस भयो । भने राजतन्त्रको समाप्तीलाई कसैले रोक्न सक्ने छैन् । राजाले ज्ञानेन्द्रले संविधान उल्लङघन गर्ने कोषिश गरे । संविधानले दिएको अवसरलाई दुरुपयोग र अपमान गर्ने कोशिस गरे । निरङ्कुशता लाद्ने र दलहरुलाई बन्दे लाउने कोशिस गरे । त्यसको परिणाम राजतन्त्रको अन्त्य भएको हो ।’

उनले पूर्वराजाको स्थानमा बसेर वर्तमान व्यवस्थाले दिएको अधिकारको सदुपयोग गर्न समेत शाहलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?