Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

ईतिहासमा पहिलोपटक यसरी छाडियो हिउँ चितुवा (प्यान्थेरौनिका) लाई प्राकृतिक वासस्थानमा (फाेटाे फिचर)


मुस्ताङ। नेपालमा पहिलोपटक हिउँ चितुवा (प्यान्थेरौनिका) को उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ । गत बिहीबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ समरका नविनकुमार गुरुङको च्याङग्राको खोरमा पसेकाे हिउँ चितुवालाई नियन्त्रणमा लिएर प्राकृतिक वासस्थानमा छाडिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार स्थानियबासीले दिएकाे सूचना पछि खोरमा पसेको चितुवालाई इलाका प्रहरी कार्यालय छुसाङबाट खटिएको प्रहरी, नेपाली सेना, एक्यापका कर्मचारी र स्थानीयबासीहरुको टोलीले नियन्त्रणमा लिएको थियो।

हिउँ चितुवालाई फलामको खोरको पासोमा पारेर नियन्त्रणमा लिईएको र प्राकृतिक बास्थानमा लगेर छाडिएको पौडेलले जानकारी दिए । पछिल्लो समय मुस्ताङमा हिउँ चितुवाले गाउँभित्र पसेर घोडा, खच्चड, भेँडा, च्याङग्रा र चौरीको गोठमा क्षति पुर्‍याउन थालेको छ ।

पछिल्लाे समय आहाराको खोजीमा हिउँ चितुवा मानव वस्ति र गोठमा पसेर क्षेति पुर्‍याउने गरेकाे छ । पौडेलले नेपालको संरक्षण इतिहासमा हिउँ चितुवाको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको पहिलो घटना भएको जानकारी दिए ।


प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?