Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सांसद थापाको मागः वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गरौँ


काठमाडौँ। नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गर्न माग गरेका छन् ।

आईतवार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उनले यस्तो माग गरेका हुन् । उनले १५ दिनमा समितिका दुई वटा बैठक बस्ने र पनि समयमै बस्न नसकेकोप्रति आपत्ति जनाए । १५ दिन आफूले जिल्लाका सबै कार्यक्रमहरु रोकेर विधेयकलाई टुंगो लगाउन बसेको भएपनि समितिको बैठक दुई पटक मात्रै बसेको बताउदै यसैगरी समितिका बैठक बोलाउने भए समय दिन नसक्ने उनको भनाइ छ । दफावार छलफललाई कति दिनभित्र सक्ने भन्ने विषयलाई लिएर क्यालेण्डर बनाउन माग गरेका छन् ।

उनले भने, ‘वर्किङ क्यालेण्डर बनाएर यो विधेयक ठिक ढंगले टुंग्याउने काममा लागौँ । अब १५ दिनसम्म जिल्लाका कार्यक्रम छोडेर यता विधेयकका लागि भनेर बसेको छु । तर १५ दिन पर्खिंदा २ वटा बैठक हुन्छ भने म यो ढंगले समय दिन सक्दिन । दफावार छलफललाई कति दिनभित्र सक्ने यो विषयलाई ध्यान दिनुपर्छ । डट टाइममा बैठक बे परिपाटी बसाइएन भने म अर्को चोटी घोषाण गरेरै भन्छु, तपाईंले १० बजे बैठक बोलाउनु भयो भने म १२ बजे आउँछु । डट टाइममा बैठक नगर्ने हो भने ।’

उनले बैठक बोलाएको समय भन्दा एक घण्टा ढिलो बस्ने गरेको भन्दै आगामी बैठकमा पनि यस्तै गर्ने भए दुई घण्टा पछि आउने घोषणा गरेका छन् ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?