Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सांसद थापाको मागः वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गरौँ


काठमाडौँ। नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गर्न माग गरेका छन् ।

आईतवार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उनले यस्तो माग गरेका हुन् । उनले १५ दिनमा समितिका दुई वटा बैठक बस्ने र पनि समयमै बस्न नसकेकोप्रति आपत्ति जनाए । १५ दिन आफूले जिल्लाका सबै कार्यक्रमहरु रोकेर विधेयकलाई टुंगो लगाउन बसेको भएपनि समितिको बैठक दुई पटक मात्रै बसेको बताउदै यसैगरी समितिका बैठक बोलाउने भए समय दिन नसक्ने उनको भनाइ छ । दफावार छलफललाई कति दिनभित्र सक्ने भन्ने विषयलाई लिएर क्यालेण्डर बनाउन माग गरेका छन् ।

उनले भने, ‘वर्किङ क्यालेण्डर बनाएर यो विधेयक ठिक ढंगले टुंग्याउने काममा लागौँ । अब १५ दिनसम्म जिल्लाका कार्यक्रम छोडेर यता विधेयकका लागि भनेर बसेको छु । तर १५ दिन पर्खिंदा २ वटा बैठक हुन्छ भने म यो ढंगले समय दिन सक्दिन । दफावार छलफललाई कति दिनभित्र सक्ने यो विषयलाई ध्यान दिनुपर्छ । डट टाइममा बैठक बे परिपाटी बसाइएन भने म अर्को चोटी घोषाण गरेरै भन्छु, तपाईंले १० बजे बैठक बोलाउनु भयो भने म १२ बजे आउँछु । डट टाइममा बैठक नगर्ने हो भने ।’

उनले बैठक बोलाएको समय भन्दा एक घण्टा ढिलो बस्ने गरेको भन्दै आगामी बैठकमा पनि यस्तै गर्ने भए दुई घण्टा पछि आउने घोषणा गरेका छन् ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?