Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रविधिको सही प्रयोग गरेर अघि बढ्नुपर्नेमा विज्ञको जोड


काठमाडौँ। प्रविधिको सही प्रयोग गरेर अघि बढ्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

काठमाडौंमा शनिवार भएको आज फ्रेन्ड अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै विज्ञहरुले प्रविधिको सही प्रयोग गर्न जोड दिएका हुन् । कार्यक्रममा आइटी विज्ञ वशन्त वनले पछिल्लो समय प्रविधि विकास तिब्र गतिमा भइरहेको बताउँदै सोही अनुसार प्रयोग गरी अघि बढ्न चुनौती रहेको बताउंदै प्रविधिअनुसार आफूलाई समयानुकुल अपग्रेड गर्दै जान नसके मुलुकको विकास नै धेरै पछाडी पर्ने खतरा रहेको बताए । उनले नेपाल दुई विशाल मुलुकको बीचमा रहेको बताउँदै आइटी, स्मार्ट टेक्नोलोजिलाई अङ्घिकार गरेरअघि बढ्नुपर्नेमा जोड दिदै मुलुकको आवश्यकताअनुसार अघि बढ्नका लागि रुपान्तरणको ठूलो खाँचो समेत रहेको बताएका छन् ।

उनले भने,‘मुलुकको आवश्यकता अनुसार अघि बढ्नका लागि हामीमा रुपान्तरणको ठूलो खाँचो छ । रुपन्तरण नभई जब हामी तानतान गछौँ, कुनैपनि विषयलाई पक्षपोषणका हिसावले, कतातिर जोडिएका छौं भनेर केन्द्रमा राखेर हेर्न थालियो भने जहिले पनि उस्ताको उस्तै रहन्छौं । त्यसैले अबको आवश्यकता एकदमै फरक छ । खुला रुपमा छलफल गरेर अघि बढ्नुपर्छ ।’

पूर्वाधारविज्ञ लालकृष्ण केसीले पूर्वाधारको विकास नभई आर्थिक विकास नहुने बताए । उनकाअनुसार यातायात, सिंचाई, सुचना प्रविधि, शहरी विकास, जस्ता क्षेत्रहरुलाई राम्रोसँग अघि बढाउन सके यिनिहरुले भविष्यमा राम्रो प्रतिफल दिन सक्नेछन् ।

उनले भने, ‘पूर्वाधारको विकास नभई आर्थिक विकास हुँदैन । आर्थिक विकास नभई सामाजिक विकास हुँदैन । सामाजिक विकासमा धेरै एनजीओ, आइएजीओ, सरकार लागेको देखिन्छ ।’

अर्का विज्ञ डा. सुदन ओलीले विदेशमा गएका नागरिकको सन्दर्भमा रोजगारी सिर्जना गर्न नसकेपनि स्वदेशमा भएकाहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । चीनले गरिरहेको विकास, गरिबि न्यूनिकरण र प्रविधिको विकासलाई नेपालले समेत सिक्न जरुरी रहेको उनको भनाइ थियो । उनका अनुसार रोजगारी सिर्जना निजी क्षेत्रबाटै हुने हो । निजी क्षेत्रमैत्री वातावरणका लागि सरकारले अहिले थ्रुपै कानून ल्याएको बताउँदै त्यो सकारात्मक रहेको छ ।

उनले भने,‘कम्तिमा यहाँ (नेपालमा) बस्ने मान्छेलाई रोजगारीको सिर्जना गरौँ । सबै विदेश गएका छैनन् ।’

संस्थाका अध्यक्ष सोभित उप्रेतिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्का विज्ञ डा. केशव बस्यालले संधै गुनासो गरेर बसिरहने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

उनले भने,‘हाम्रो फाइनाशियल ग्याप छ, दुई महत्वपूर्ण पार्टनर भारत–चीन छन । यी दुई देशलाई हामीले चाहेर पनि छुट्टाउन सक्दैनौं । किनभने हाम्रो इमिडेट बेनिफिट लिने भनेको यि दुई देशबाटै हो ।’

उनले भारत–चीनबाट नेपालले धेरै फाइदा लिनसक्ने बताए ।


प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?