Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

काभ्रेपलाञ्चोकका संविधानसभा सदस्य सापकोटाको निधन, श्रद्धाञ्जली अर्पणलाई पार्थिव शरीर आलोकनगरमा


काभ्रेपलाञ्चोक । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधान सभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोनगरमा राखिएको छ । बिहीवार निधन हुनुभएका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा राखिएको हो । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालसमेत पार्टी केन्द्रिय कार्यालय पुग्नुभएको थियो ।

उहाँको बिहीवार बिहँन उपचारका क्रममा निधन भएको हो । ५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा काभ्रेपलाञ्चोक निार्वचन क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो । उहाँको निधनप्रति दुःख प्रकट गर्दै पार्टीले उहाँको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेको छ । श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका महासचिव घनश्याम भुसालले उहाँको योगदानको स्मरण गर्दै उहाँका योगदान नवयुवाहरुमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?