Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

‘पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छ’


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको बताउनुभएको छ । बुधवार नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल एशोसिएशन प्रदेश समितिको अधिवेशनमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले संठनका सदस्यहरु अनुशासनमा नबस्ने र विभिन्न बहानामा आवश्यक कारबाही गर्ने प्रवृत्ति बढेको बताउनु भयो ।

उहाँले आफूले सपथ खुवाएको र आफन्त भएको र नातागोता पर्ने बहानामा अनुशासन विपरित काम गर्ने संगठित सदस्यलाई कारबाही नगर्ने उदारवादको प्रवृत्तिको विकास हुँदै गएको उल्लेख गर्दै यस्तो गर्न नहुने बताउनु भयो । संगठनमा रहेका खराब व्यक्तिहरुलाई समयमै निकाल्न नसके संगठन नै ध्वस्त हुने उहाँको भनाइ छ ।उहाँले भन्नुभयो, ‘पार्टीभित्र रहेको दक्षीणपन्थि अवसरवाद हो । अवसरवादका कस्ता अखालका प्रवृतिहरु छन् तपाईलाई थाहा छ ? व्यक्तिवाद दक्षिणपन्थी अवसरवादको पहिलो प्रवृत्ति हो । त्यसका बारेमा मैले व्याख्या गर्नै पर्दैन । अर्को, उदारवाद । विभिन्न बाहानामा आफ्नो हो भनेर कारबाही नगर्ने प्रवृत्ति मौलाउदै गएको छ ।

बोरामा कुहिएको एउटा आलुलाई समयमै निकालिएन भने सिंगो आलुलाई ध्वस्त बनाएझै संगठनभित्र रहेको खराब प्रवृतिको मान्छेलाई निकाल्न सकिएन भने सिंगो संगठनलाई नै ध्वस्त बनाउँछ । यो चाहीँ उदारवाद हो ।’अनुशासन बिना कुनैपनि लडाईं जित्न नसकिने उल्लेख गर्दै उहाँले पार्टी निकट संगठनका सदस्यहरुलाई अनुशासनमा बसि पार्टी निर्णयअनुसार काम गर्न आग्रह गर्नुभयो ।


प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?