काठमाडौँ। संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ ।
जसअन्तर्गत बिहान सवा ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “लोकसेवा आयोगको आर्थिक वर्ष २०८०÷८१ को पैंसठिऔं वार्षिक प्रतिवेदन” सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ।
यस्तै,भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
त्यस्तै दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आ.व. २०७९÷०८० पेश गर्नुहुनेकार्यसूचि रहेको छ ।
यस्तै,उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार