Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन


काठमाडाैं । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टरको गठन गरिएको छ ।सोमवार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रिय उपाध्यक्षहरु र बोर्ड अफ डाइरेक्टरहरुको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल च्याप्टरको गठन गरेको हो । भेलामा बोल्दै केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले पत्रकारितालाई राजनीति भन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारहरुको नेटवर्कको रुपमा काम गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन गरिएको जानकारी गराएका थिए । अमेरिकामा गठन भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघको पहिलो च्याप्टरको रुपमा नेपाल च्याप्टर गठन गरिएको अध्यक्ष खनालले बताए ।

भेलाले कृष्णा पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल रहेका छन् भने सचिव सोविता रिसाल र कोषाध्यक्ष पवन पौडेल रहेका छन् । त्यस्तै बोर्ड अफ डाइरेक्टरमा शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र यूवगाह मगर रहेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल च्याप्टरको सल्लाहकारमा टंक पन्त, जीवनराम भण्डारी, केदार कोईराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही, डा. राजेश अहिराज रहेका छन् भने कानूनी सल्लाहकारमा गणेश घिमिरे ’सुजन’ रहेका छन् ।


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?