Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि सशस्त्रका सुरजलाई


१८ चैत ,चितवन । दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन, २०७९ को उपाधि सशस्त्र प्रहरीका सुरज रानामगरले प्राप्त गरेका छन्‌ । उनले निर्धारित ६५ किलोमिटर दूरी एक घण्टा ५४ मिनेट ३८ सेकेन्डमा पार गर्दै उपाधि हात पारेका हुन्‌ ।

दिवङ्गत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिका स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष साइक्लिङ म्याराथनको आयोजना गर्दै आएको छ । म्याराथनमा सात विधामा खेलाडीले उपाधि हात पारेका छन् ।

प्रतिष्ठानले आगामी वर्षदेखि अन्य विधाका खेलकुद पनि थप गर्ने प्रतिष्ठानका अध्यक्ष रेनु दाहालले जानकारी दिईन्‌ । सात विधामा भएको म्याराथनमा पुरुष इलाइटतर्फ सशस्त्र प्रहरी बलका सुरज रानामगरले पहिलो स्थान हात पारेका हुन्‌ । मगर गत वर्षको समेत विजेता हुन । उनले उपाधिसँगै नगद रु ५० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरे।

यस्तै नेपाल त्रिभुवन आर्मी क्लबका सुरेश भुजेलले एक घण्टा ५४ मिनेट ३८ सेकेन्ड ५२ मिलीसेकेन्डमा पार गर्दै दोस्रो स्थान हासिल गरी नगद रु ४० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरे । पुरुषतर्फको तेस्रो स्थान अमेरिकी नागरिक केलेभ हब ब्याण्डले प्राप्त गरे । उनले नगद रु ३० हजार शिल्ड र प्रमाणपत्र हात पार्न सफल भए ।

यस्तै काभ्रेका अच्युतकृष्ण खरेल र नेपाल आर्मीकै हिमाल थनेतले क्रमशः चौथो र पाँचौँ स्थान हासिल गरे । यसैगरी महिला इलाइटतर्फ काठमाडौँकी लक्ष्मी मगरले एक घण्टा ५७ मिनेट १७ सकेन्डमा सो दूरी पार गर्दै महिलातर्फको पहिलो उपाधि हासिल गरिन । उनि साउथ एसियन खेलकुदको गोल्ड मेडलिष्ट हुन।

प्युठानकी हुमी बुढामगरले दुई घण्टा ११ मिनेट ४५ सेकेन्ड निर्धारित दूरी पार गरी दोस्रो बनिन्‌ । इन्द्रकुमारी तामाङ दुई घण्टा २८ मिनेट ४४ सेकेन्डमा पार गर्दै तेस्रो बन्न सफल भईन्‌ ।

यस्तै पुरुष मास्टरतर्फ हर्क लामाले निर्धारित दूरी एक घण्टा ५७ मिनेटमा पार गर्दै उपधि हात पारे । विकास महर्जनले एक घण्टा ५७ मिनेट पाँच सेकेन्डमा पार गर्दै दोस्रो र बाँकेका देवबहादुर बोहराले दुई घण्टा सात मिनेट १४ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हात पार्न सफल भए ।

यसैगरी पुरुष जुनियरतर्फ मोरङका किरण लिम्बूले एक घण्टा ५५ मिनेट ३९ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हात पारे । ललितपुरका अश्विन खत्रीले दुई घण्टा १२ मिनेट तीन सेकेन्डमा सो दूरी पार गरी दोस्रो बने भने नवलपुरका सचिन सहनीले दुई घण्टा २४ मिनेट २५ सेकेन्डमा पार गर्दै तेस्रो बने ।

यस्तै महिला जुनियरतर्फ सुनसरीकी विदिशा चौधरी पहिलो, बाँकेकी साया थापा दोस्रो र चितवनकी निति गुरुङ तेस्रो बनिन्‌ । यसैगरी चितवन विशेष पुरुषतर्फ प्रनित थापा प्रथम, रोनिश कर्मचार्य दोस्रो र सन्दीप श्रेष्ठ तेस्रो बनेका थिए ।

यस्तै महिलातर्फ मेरिना रानामगर पहिलो, जुना श्रेष्ठ दोस्रो र नीति गुरुङ तेस्रो भईन्‌ । प्रतियोगितामा देशभरबाट ७० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले बागमती प्रदेश सरकारले खेलकुद विकासका नयाँ रणनीतिका साथ अगाडि बढेको बताए । उनले खेलकुद क्षेत्रको विकासबाटै बागमती प्रदेशमा समृद्धि हासिल हुने बताए ।

यस्तै प्रतिष्ठानका अध्यक्ष एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताईन्‌ । भरतपुरलाई साइकल सिटीका रूपमा विकास गर्न साइक्लिङ म्यानराथन महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरिन्‌ ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?