Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै नेपाल


काठमाडौँ। नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले अध्ययन प्रतिवेदन बुझउँदै उक्त जानकारी दिएको हो ।

समितिमा एलडिसी अध्ययन प्रतिवेदन बुझाँउदै उपसमितिकी संयोजक सांसद अञ्जान शाक्यले नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने जानकारी दिएकी छिन् । उनले स्तरोन्नतिबाट नेपाललाई प्राप्त हुने अवसर, त्यसले नेपाललाई पार्ने प्रभाव र प्रभावको समुचित व्यवस्थापनको भइरहेका कामहरुबारे उपसाितिले अध्ययन गरी प्रतिवेदन तयार पारिएको बताइन् । उनले अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएसँगै नेपाली जनता र नेपालको सम्मान बढ्ने र नयाँ अवसरहरु सिर्जना हुने बताउदै विश्व समुदायले नेपाललाई हेर्ने दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पर्ने र नेपालमा वैदेशिक लगानी र विकास सहायता परिचालनमा वृद्धि हुने बताइन् ।

नेपालले प्राप्त अवसरहरुको सदुपयोग गर्न नीति, कानून, रणनीति र कार्यविधिको परिमार्जन तथा संस्थागत एवं संरचनागत सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । समितिले उक्त प्रतिवेदनको आवश्यक अध्ययन गरि सरकारलाई निर्देशन दिने बताएको छ ।

समिति सचिव डा. रोजनाथ पाण्डेले विकासशील राष्ट्रमा स्तरोन्नति भइसकेपछि प्राप्त हुने अवसरहरुबारे गम्भिर रुपमा अध्ययन गर्न जरुरी रहेको बताएका छन् । उनले स्तरोन्नति भएसँगै प्राप्त हुने अवसर, यसले पार्ने प्रभाव लगायतका विषयमा अध्ययन गरेर उपसमितिले प्रतिवेदन तयार पारेको बताए ।

उनले स्तरोन्नति भएको कुरालाई फेरि फर्किन नदिई यसको दिगोपना कायम गर्न सरकारी क्षेत्र र निजी क्षेत्रको बीचमा समन्वय हुन जरुरी रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?