Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

काँग्रेसले ०८४ मा बहुमत ल्याउँछ, एमाले दुर्घटनामा पर्छः झलनाथ खनाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी काँग्रेसले तयारी गरिरहेको बताएका छन् ।

उनले ०८४ आउँदै गरेको भन्दै काँग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको र काँग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए ।तर उनले यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गरेका छन् ।

उनले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु आवश्यक रहेको बताउदै देशका सबै वामपन्थी एक हुनुपर्ने बताए।

उनले भने, ‘अब ०८४ आउँदैछ । ०८४ को लागि काँग्रेसले राम्रो तयारी गरेको देख्छु मैले । राम्रो तयारीमा छ । ०८४ मा काँग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु । वामपन्थीले कल्पना नगरे पनि हुन्छ । म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दैछ । एमालेको एउटा खुट्टा हो की दुई वटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन । त्यो दुर्घटनामा पर्छ । यदी अहिले पनि बुद्धि छ भने देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु, गलत कुरा सच्याउनु, साझा कुरा खोज्नुपर्छ । ’

पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्नेकुरा भ्यागुते घमण्ड भएको बताए । उनले नेकपा (माओवादी केन्द्र) ले दक्षिणपन्थी बाटो अंगालेको बताए । नेकपा (एकीकृत समाजवादी) ले पनि सोहीबाटो बिराएको बताउदै उनले काँग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको बताए ।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?