१८ चैत्र, काठमाडाैँ । नेकपा एमालेले भीम रावलसँग वार्ता गर्न समिति गठन गरेको छ । शनिबार केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो ।
उक्त टोलीमा पाैडेल सहित सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा रहेका छन् ।
वार्ता टोलीले रावलसँग संवाद गर्ने तथा सहमतिमा पुगेर आवश्यक जिम्मेवारी दिने सम्मको निर्णय भएको बताइएको छ ।
प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार