Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

काठमाडौंको भृकुटीमण्डपमा कृषि सम्बन्धी मेला शुरु (तस्बिरहरु)


काठमाडौँ। सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो शुरु भएको छ ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो शुरु भएको हो । एक्स्पो आईतवार ४ गतेसम्म रहनेछ । मेलामा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्ययवसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहेको छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा. लि.,फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा. लि तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा. लि. ले संयुक्त रुपमा सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो आयोजना गरेको हो ।

प्रदर्शनीमा एक सय बढी स्टल स्टल रहेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख गर्दै साना–साना औजार,मेसिन तथा पशुपालन उद्योगमा प्रयोग हुने उपकरणहरु प्रदर्शनीमा राखिएको बताए । उनले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने बताए । प्रवन्ध निर्देशक भट्टराईले प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश रहेको बताए ।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?